Photo of Milford Sound in New Zealand

गुल्मी। गुल्मीमा स्थानीय तहको निर्वाचनमा एउटै परिवारका तीन जना उम्मेदवार थिए । तर तीन जनामध्ये एउटाले पनि जित्न सकेनन्। परिवारले तीन जनामध्ये एउटैले जिते पनि परिवार धन्य हुने अपेक्षा गरेका थिए । तर यहाँ एमालेले प्यानलै जितेपछि परिवार जिल्लिएको छ ।

यहाँको इस्मा गाउँपालिका वडा नम्वर ३ मा एकै परिवारका तीन जना उमेदवार थिए । नेकपा माओवादी केन्द्रले जेठाजु गुने भन्ने प्रेमबहादुर नेपाली र उनकी भाइ बुहारी बिना नेपालीलाई खुल्ला सदस्यमा उठाएको थियो । नेपाली कांग्रेसले पनि सोही वडामा अर्की भाई बुहारी तुल्सी नेपालीलाई दलित महिला सदस्यमा उमेदवार बनाएको थियो ।

यी उम्मेदवारको अर्को रोचक कुरा यिनीहरुको पार्टीसँगै जात पनि फरक छ । माओवादी केन्द्रकी उमेदवार बिना नेपाली अधिकारी थरका ब्राम्हणकी छोरी हुन् । उनले १० वर्ष अघि छिमेकी विष्णु नेपालीसँग अन्तरजातीय विवाह गरेकी थिइन् । उनी सुरु देखि नै माओवादी कार्यकर्ता भए पनि उनका श्रीमान विष्णु नेपाली कट्टर कांग्रेस हुन् । राजनैतिक आस्था फरक परे पनि आफुहरुको दाम्पत्य जीवनमा कत्ति फरक नपरेको ती दम्पत्तीले बताए । dcnepal

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uuGWOO
via IFTTT

0 comments:

Post a Comment

add

 
Top