रियल म्याड्रिडका विश्व चर्चित पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको इबिजामा रहेको ठूलो आधुनिक पानीजहाज (याच) को स्पेनिस प्रहरीले छानवीन गरेका छन्।
इबिजानजिकै फोर्मेन्टेरामा रहेको रेष्टुराँतर्फ जाने क्रममा उनलाई समुन्द्री बाटोमा प्रहरीले रोकेको हो। त्यतिबेला याचमा ३२ वर्षीय रोनाल्डो, उनको प्रेमिका जर्जिना रोड्रिगेज, साथीहरु र परिवारका केही सदस्य उपस्थित थिए।
प्रहरीले नियमित निरीक्षणअन्तर्गत रोनाल्डोको जहाज रोकेको स्पष्टीकरण दिएको छ। स्पेनिस मिडियाको रिपोर्टअनुसार उनको जहाजलाई करिब डेढ घण्टा प्रहरीले नियन्त्रणमा लिएको थियो।
स्पेनिस पत्रिका होलाले बुधबार तीन पुलिस अधिकारी रोनाल्डोको याचतर्फ चढ्दै गरेको तस्वीर सार्वजनिक गरेको थियो। समाचारअनुसार निरीक्षणको सबै फुटेजहरु पुलिस अधिकारीले आफ्नो क्यामरामा कैद गरेका छन्।
छानवीनको क्रममा रोनाल्डोका एक आफन्तले प्रहरी अधिकारीद्धारा मागिएको कागजपत्रलगायत कानुनी प्रक्रियाको विषयमा कुराकानी गरेका थिए। यतिबेला रोनाल्डो संयमित भएर चुपचाप बसेका थिए र उनले पुलिस अधिकारीसँग कुनै प्रश्नोत्तर गरेका थिएनन्।
‘उनी प्रेमिका र आफ्नी आमा डोलोरेस अभेइरोसँग हल्का कुराकानी गरिरहेका थिए,’ पत्रिकाले लेखेको छ। रोनाल्डोलाई पछिल्लो समय कर छलीको आरोप लागेको थियो। यस विषयमा अहिलेसम्म कर विभागका अधिकारीले कुनै आधिकारीक प्रतिक्रिया दिएका छैनन्।
बुधबारको छानवीन याचको कागजपत्र र करको सम्बन्धलाई लिएर हुन सक्ने बताइएको छ।setopati
from SHYANE http://ift.tt/2tfpFfI
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.