Photo of Milford Sound in New Zealand

राजविराज, २२ असार । निरन्तरको वर्षाले सप्तरीमा पसेको बाढीबाट समस्यामा परेका रुपनी गाउँपालिका–२ रायपुरका बासिन्दालाई राहत वितरण गरिएको छ । विवेकशील नेपाली सुनसरीको सहयोग र सप्तरी युथ नेपालको समन्वयमा यहाँका करिब ६० परिवार बाढीपीडितलाई राहत वितरण गरिएको सप्तरी युथ नेपालले जनाएको छ ।

उनीहरुलाई च्यूरा, भुजा, चाउचाउ, बिस्कुट, खानेपानी र लत्ताकपडालगायतका राहत वितरण गरिएको बताइएको छ ।

यसैबीच रुघाखोकी, ज्वरो, झाडापखालाबाट बच्नका लागि बाढीपीडितलाई नेपाल मेडिकल सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन धरानले औषधिसमेत वितरण गरेका छन् । etajakhabar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tM7m0S
via IFTTT

0 comments:

Post a Comment

add

 
Top