Photo of Milford Sound in New Zealand

काठमाडौं, साउन २ । निर्वाचन बिथाेल्न अज्ञात समूहले प्रहार गरेको बम जोखिम मोलेर हातैमा समार्इ फाल्ने प्रहरी हवल्दारलाई दूर्गाबहादुर रानालार्इ गृहमन्त्रीले असईमा बढुवा गर्ने भएका छन्।

नयाँ पत्रिकाको न्युजरुममा अाज भएकाे अन्तरकृयामा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने, प्राेत्साहित गर्ने नीतिअनुसार नै अाफूले रानालार्इ हवल्दारबाट असर्इमा बढुवा गर्न लागेकाे खुलासा गरेका हुन् । रानाले दोस्रो चरण निर्वाचनको क्रममा दाङको तुल्सीपुरस्थित अम्वास मतदान केन्द्रलार्इ लक्षित गरी प्रहार भएकाे बम हातमै समाएर फालेका थिए । उनकाे साहसी कामका कारण ठूलाे दुर्घटना टरेकाे थियाे ।

गृहमन्त्रीले राम्राे काम गर्नेलार्इ पुरस्कृत गर्ने र जिम्मेवारी पूरा नगर्नेलाई तीन महिनाभित्रै कारबाही गर्ने नीति अाफ्नाे भएकाे बताए । गृहमन्त्रीले आफ्ना लागि प्रहरी प्रशासनमा कोही हाम्रा नभएको भन्दै राम्रा छान्ने र जनताको सेवामा प्रहरी संगठनलाई प्रभावकारी बनाउने विश्वास दिलाए ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2us9rjd
via IFTTT

0 comments:

Post a Comment

add

 
Top