Photo of Milford Sound in New Zealand

काठमाडौं, असार २९ । सूर्यमा एक विशाल कालो छिद्र (प्वाल) देखापरेको र यसले पृथ्वीसम्म तातो ज्वालाहरु फ्याँक्नसक्ने, केही दिन पृथ्वीमा अन्धकार (ब्ल्याकआउट) हुनसक्ने र भू–उपग्रह सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने भन्दै वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

वैज्ञानिकहरुले सूर्यअस्तको समयमा खिचेको तस्वीर एआर–२६६५ अनुसार एकलाख २० हजार किलोमिटर फराकिलो उक्त कालो छिद्र (प्वाल) पृथ्वीभन्दा ठूलो रहेको बताएका छन् ।

डेलिमेलकाअनुसार वैज्ञानिकहरुले उक्त छिद्रबाट खतरनाक ‘एम क्लास’को सौर्य ज्वालाहरु उत्पादन गर्नसक्ने बताउँदै पृथ्वीमा रेडियो ब्लाकआउट उत्पन्न भएर विकिरण तुफान आउनसक्ने भएकाले उच्च सर्तकता अपनाउन चेतावनी दिइएको छ ।

यस घटनाले पृथ्वीको सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने वैज्ञानिकहरुले प्रारम्भिक अनुमान गरेका छन् ।

नासा सौर्य गतिशील वेधशालाले गतहप्ता सूर्यमा रहेको उक्त विशाल कालो छिद्र पत्ता लगाएको नासाले उल्लेख गरेको छ ।

नासाकाअनुसार तस्वीरमा उक्त कालो छिद्र एकदमै गहिरो रहेको छ । यस क्षेत्रलाई सूर्यको चिस्यान क्षेत्र (कुलर एरिया) मानिन्छ । यस्तो छिद्रको निर्माण हुनुको कारण सूर्यको चुम्बकीय क्षेत्रसँगको अन्तरक्रियात्मक गतिविधि रहेको वैज्ञानिकहरुले बताएका छन् ।

अहिले सूर्यमा रहेको चुम्बकीय क्षेत्रका कारण उक्त प्वालबाट ज्वालाहरु निस्कन पाएका छैनन् । यदि त्यहाँबाट विस्तारै ज्वालाहरु निस्कने क्रम सुरु भयो भने सूर्यको वरिपरि सतहमा ठूलो मात्रामा ज्वालाहरु मडारिन सक्छ र त्यसको असर सौर्य मन्डलभरि देखापर्दछ ।

नासाद्वारा जारी वक्तव्यमा भनिएको छ–‘नयाँ ‘सन्सपट’ समूहको दृश्यहरु घुमाएर हेर्दा उक्त छिद्रको आकार बढ्दै गएको देखिन्छ । दुई दिनको अन्तरालमा खिचिएको दृश्यहरुमा एउटामामात्र ‘सन्सपट’ समूह देखापरेको छ । हुनसक्छ यो सूर्यको केही सौर्यवर्षाको लागि यस्तो देखिएको हो । तर, भविष्यमा यसले सौर्यमन्डलको लागि कस्तो खतरा उत्पन्न गर्नेछ भन्ने विषयमा सबै वैज्ञानिकहरुलाई चेतावनी दिइएको छ ।’

मौसम पूर्वानुमान संस्था ‘एनओएए’ले जारी गरेको वक्तव्यमा भनिएको छ–‘अहिले पृथ्वीमा ‘एमक्लास’को खतरनाक ज्वालाहरु आउने सम्भावना २५ प्रतिशत रहेको छ । किनभने उक्त क्षेत्र हाम्रो पृथ्वीबाट आमुने–सामुने पर्दछ । पृथ्वीको लागि यो खतरनाक चेतावनी हुनसक्छ । केन फोटोग्राफरले यस दुर्लभ तस्वीर खिचेर हामीलाई एक मौका मिलेको छ ।’

स्पेसवेदर डटकमका ब्रुनो बोनी डे ओलिभ्रराले आफूले पनि धेरै मिहेनतपछि सूर्यको ‘सन्सपट’ क्षेत्रको फोटो खिच्न सफल भएको बताएका छन् ।

उनले गत मंगलबार अमेरिकाको न्यूयोर्क सहरबाट उक्त फोटो खिच्न सफल भएका थिए ।

Source-imagekhabar.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tj4jZN
via IFTTT

0 comments:

Post a Comment

add

 
Top