Photo of Milford Sound in New Zealand

एजेन्सी । भारत र चीनको सीमा क्षेत्र डोकलाममा  तानातानी बढ्दै गइरहेको छ । चीन लगातार भारतसँग रुष्ट भन्दै आइरहेको छ ।

 

चीन सरकारसँग विभिन्न विषयमा चर्काचर्की त स्वाभाविक जस्तै भएको बेला फेरि चिनियाँ सेनाले पनि डोकलामको विषयमा भारतलाई धम्की दिएको छ । चेतावनी दिदैँ चीनको सेनाले भारतीय सेनालाई डोकलामको तुरुन्त छोड्नुपर्ने र नछोडे आफ्नो सैनिकको संख्या वृद्धी गर्ने बताएको छ ।

 

चिनियाँ सेनाले आफ्नो सम्प्रभूताको लागि जेपनि गर्न पछि नहट्ने बताएको छ ।

 

चीनको रक्षा मंन्त्रालयका प्रवक्ता वू क्रियानले एक प्रेस विज्ञप्तिमा भनेका छन् , ‘एउटा पहाडलाई हल्लाउन एकदमै सजिलो छ तर पिपुल्स लिबरेशन आर्मीको हल्लाउन एकदमै मुश्किल छ ।’ उनले भने, ‘चीन आफ्नो क्षेत्र र सम्प्रभूताको रक्षाको लागि आफ्नो क्षमता लगातार बलियो बनाउँदै गएको छ ।’

 

उनले अगाडि भने , ‘भारत चीनको क्षेत्रमा जबरजस्ती घुस्नु अन्तर्राष्ट्रिय सीमाको एक गम्भीर उल्लङ्घन हो । र यो अन्र्तराष्ट्रिय कानुनको विरुद्धमा जानु हो । हामी आफ्नो सम्प्रभूताको रक्षाको लागि जुनसुकै हद पार गर्न तयार छौं ।’

 

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2upYFZR
via IFTTT

0 comments:

Post a Comment

add

 
Top