Photo of Milford Sound in New Zealand

काठमाडौं, २८ असार । अरु बेला सधै कार्यक्रममा उखान टुक्का जोडेर हसाउने नेकपा एमालेका केपी शर्मा ओली मंगलबार निकै भावुक देखिए । नेपाली बाम तथा प्रजातान्त्रिक आन्दोलनकी नेतृ सहाना प्रधानको स्मृति दिवसमा अखिल नेपाल महिला संघले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले आफूभित्रको भावना पोख्दा सबैका आँखा रसाए, भावुक बनायो ।

ओलीले ‘मैले आज जे काम थालेको छु, जे सपना देखेको छु, त्यसलाई पूरा गर्न म भ्याउँदिन होला, पूरा गर्न सकिनछु भने तपाईंहरुले पूरा गर्नुहोला’ भन्दा कार्यक्रममा सहभागी सबैका आँखा रसाएका थिए भने अनुहारको चमक पनि एकाएक हराएको थियो ।

ओलीले आफूले थालेका काम आफू जीवित हुँदै सफल नभए त्यसलाई पूरा गर्न आह्वान गर्दा सभाहलमा सान्नटा छाएको थियो ।

ओलीले आफ्नो भनाई राख्ने क्रममा पुष्पलाल श्रेष्ठ, साहना प्रधान, मनमोहन अधिकारी, मदन भण्डारीले थालेका काम उहाँहरु जीवित हुँदा सफल नभए पनि अहिले आएर सफल भएको स्मरण गर्दै अहिले आफूले थालेको काम पनि अहिले नै पूरा नहुन सक्नेमा चिन्ता जनाए ।

ओलीले अगाडि भने– ‘साहना प्रधानले कतै बोल्दा पोथी बास्यो भन्ने समाज थियो, अहिले उहाँ हुनुहुन्न तर राष्ट्रको सर्वोच्च पदमा महिला पुग्नुभएको छ । असल काम थालनी गर्दासाथ सफलतामा पुग्दैनन, पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीले पनि जे कुरा उठाउनु भयो, त्यो उहाँहरुको जीवनकालमा आएन । मैले पनि आज जे काम थालेको छु, जे सपना देखेको छु, त्यसलाई पूरा गर्न म भ्याउँदिन होला, पूरा गर्न सकिनछु भने तपाईंहरुले पूरा गर्नुहोला ।’ ओलीले जब यी शब्द उच्चारण गरे, तब हलमा सन्नाटा छायो । सबैका हात आँखातिर गए, अनुहार छोप्न थाले ।

महिलाको कार्यक्रम भएकाले अधिकांश महिला सहभागी थिए र ओलीको कुरा सुनेर भावुक बनेका थिए । केहीले त आँसु नै झारेका थिए ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uh56j3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top