Photo of Milford Sound in New Zealand

काठमडौँ । आज साउने सोमबार । साउन महिना शुरु भएसँगैदेशभरका विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । भगवान शिवको पूजा गर्ने दिन । एकाबिहानैदेखि देशभरका शिवालयहरुमा भक्तजनको घुँइचो लागेको छ जसमध्ये सबैभन्दा बढी घुँइचो पाशुपत्र क्षेत्रमा एकाबिहानैदेखि देखिएको छ । जहाँ पूजा गर्ने र तस्विर खिचाउनेहरुका कारण मन्दिर परिषर भरीभराउ भएको छ । त्यस्तै पर्वतको गुप्तेश्र मन्दिर , बाग्लुगं, बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा साउन महिनालाई बत्ती बाल्ने महिनाका रूपमा समेत लिने गरिएकाले मन्दिरमा बत्ती बाल्ने दर्शनार्थीको भीड लागेको हो ।

यो महिनामा मन्दिरमा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएकाले साउन महिनामा मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको अनिरुद्र मन्दिरका पुजारी गणेशदत्त अवस्थीले बताउनुभयो । बैतडीमा सातबैनी भगवती र सातभाइ केदार देवताका मन्दिर रहेकाले नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीसमेत आउने गरेको स्थानीयवासीले बताएका छन् ।

जिल्लाका त्रिपुरासुन्दरी, निङगलाशैनी, डिलाशैनी, मेलौली भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको महाकाली साहित्य सङ्गम बैतडीका अध्यक्ष चन्द्रमोहन तिवारीले बताउनुभयो । जिल्लाको सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिर, दशरथचन्द नगरपालिकामा रहेको ग्वाल्लेक केदार, सिगास गाउँपालिकामा रहेको सिगास मन्दिरमा साउनको महिनाभरि दर्शनार्थी दर्शन गर्न जाने गर्दछन् । रौलाकेदार मन्दिरमा साउन महिना शुरु भएसँगै दर्शनार्थीको भीड लागेको स्थानीय शिक्षक नवराज मडैले जानकारी दिनुभयो ।

जिल्लाको पूर्वी भागमा रहेको सिगास मन्दिरमा यो महिना दर्शनार्थीको निकै घुइँचो लाग्ने गरेको स्थानीयवासी केदार अवस्थीले बताउनुभयो । साउन महिनाभरि मन्दिरमा राति जाग्राम बस्ने र बत्ती बाल्ने चलन रहिआएको छ । जिल्लाबाट बसाइँ सरेकाहरू पनि मन्दिरमा पूजापाठ गर्नका लागि यो महिना जिल्ला भित्रिने गर्दछन् ।etajakhabar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vOZSHP
via IFTTT

0 comments:

Post a Comment

add

 
Top