Photo of Milford Sound in New Zealand

साउदीसहित खाडी मुलुकहरुबाट नाकावन्दीको सामना गरिरहेको कतारले प्राकृतिक ग्यास उत्पादमा ३० प्रतिशतले बढाउने घोषणा गरेको छ ।
कतार सरकार नियन्त्रित कतार पेट्रोलियमले आगामी धेरै बर्षसम्म प्राकृतिक ग्यास उत्पादनमा ३० प्रतिशतसम्म बढाउने योजना रहेको बताएको छ ।

सो कम्पनिका प्रमुख कार्यकारी अधिकृत शाद शेरिदाअल कावीले मंगलबार सम्वाददाताहरुसँग आगामी सन २०२४ सम्म अहिले उत्पादन भइरहेको ७७ मिलियन टनबाट एक सय मिलियन टनसम्म उत्पादन गर्ने जानकारी गराउनु भएको हो ।

‘उत्तरी क्षेत्रको दक्षिणी भागमा नयाँ ग्यास परियोजनाको आकारलाई दोब्बर बनाएर नयाँ अतिरिक्त उत्पादन सुरक्षित गरिनेछ । कतार पेट्रोलियमले यसको घोषणा गत अप्रिलमा गरेको थियो’सो कम्पनिको बक्तव्यमा भनिएको छ ।

बिश्वमा सबै भन्दा धेरै प्राकृतिक ग्यास निर्यात गर्ने कतारको भूगोल भित्र ग्यास उत्पादन गर्ने बिभिन्न क्षेत्र छन् । ग्यासले नै कतारलाई बिश्वमा धनी मुलुक बनाएको हो । आगामी सन २०२२ मा बिश्वकप प्रतियोगिता आयोजना गर्नका लागि पूर्वाधार निर्माण गर्न कतारको ग्यास उत्पादनले सहयोग पुरयाएको बिश्वास गरिन्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tGQ7y5
via IFTTT
04 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top