Photo of Milford Sound in New Zealand

काठमाडौं । भुवन केसीले निर्माण गरेको चलचित्र ‘कृ’ प्रदर्शनमा आउन लागेका बेला चलचित्र यूनिटले प्रचार गर्ने शैली त भिन्न भिन्न हुन्छन् नै अझ त्यसमा निर्माता निर्देशकको भूमिका फरक भयो भने चलचित्रले राम्रो प्रचार प्रसार हुन्छ । यो कुरा निर्माता निर्देशक तथा अभिनेता भुवन केसीलाई सिकाइरहनै पर्दैन ।

यसै त आफूले अभिनय र निर्माण गरेको चलचित्र प्रदर्शनका बेला उनी एउटा न एउटा फन्डा गरिरहने भुवनले यतिबेला कृका मुख्य पात्र अर्थात आफ्नै छोरा अनमोलका बाल्यकाल झल्किने तस्विरहरु सामाजिक संजालमा छरपष्ट पारेका छन् ।

‘कृ’ मा अनमोलले निभाएको भूमिकाका विभिन्न लुक्सहरु सार्वजनिक हुन लागेसँगै भुवनले पनि सामाजिक संजालबाट प्रचारप्रसार सुरु गरेका छन् । आगामी कात्तिक २ गते रिलिज हुने भनिएको ‘कृ’ मा अनमोल केसी एक्सन अवतारमा देखिएका छन् । भुवनले फेसबुकमा अनमोलका बाल्यकालका र कृका केही तस्विरहरु राखेपछि अहिले ति तस्विरहरुले राम्रो चर्चा बटुलिरहेका छन् ।etajakhabar

http://ift.tt/2tLkPWU

from SHYANE http://ift.tt/2tszQKz
via IFTTT

0 comments:

Post a Comment

add

 
Top