Photo of Milford Sound in New Zealand

भारतका एक युवाले पर्यावरण मैत्री मोटरसाइकल बनाएका छन्। उनले बनाएको मोटरसाइकल सायदै ‘जेम्स बोन्ड’ जस्ता हलिउड फिल्ममा मात्र देखिएका छन्। भारत इन्दौरका दिलीप सेनले बनाएको यो मोटरसाइकल कम्प्यूटरबाट चल्छ। भारतीय समाचारमाध्यमका अनुसार दिलीपले यो मोटरसाइकल वातावरण प्रदुषण कम गर्ने उद्देश्यले बनाएका हुन्।

९ कक्षा मात्र पढेका दिलीपले बनाएको यो मोटरसाइकलले प्रदूषण विभागबाट सर्टिफिकेट पनि पाएको छ।फिंगरप्रिन्ट र ट्रान्सपोन्डरसिपबाउट स्टार्ट हुने यो मोटरसाइकलले मात्र चार सेकेन्डमा १०० किमीको रफ्तार लिने दिलीपको दावी छ। जेम्स बोन्डका फिल्मका शौखिन दिलीप सेनलाई यो बनाउने आइडिया हलिवुड फिल्मबाटै मिलेको उनले बताएका छन्। दिलीपले समाचारमाध्यमलाई बताएअनुसार यो मोटरसाइकलको इन्जिनमा परिवर्तन गरिनुका साथै साइलेन्सर पनि अलग तरिकाले डिजाइन गरिएको छ।

यसको इन्जिन ल्यापटपको मदरबोर्डबाटै नियन्त्रण हुन्छ। आकस्मिक समस्याका लागि सेन्सर जडान गरिएको छ जसको जानकारी मोबाइलमै आउँछ। यसमा पंक्चर भएमा आफैं हावा भरिने, अटोमेटिक इन्जिन कुलिङ मोड, रेकर्डिङ मोड जस्ता फिचर छन्। प्रदुषण जाँच दिलीपको यो मोटरसाइकलमा कार्बन मोनो अक्साइडको स्तर धेरै कम पाइएको समाचारमाध्यमले जनाएका छन्। यसले विस्तारित रूप लिन पाएमा वातावरण प्रदुषणको समस्या कम गर्न मद्दत पुग्ने विश्लेषकहरूको भनाइ छ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uqolGV
via IFTTT

0 comments:

Post a Comment

add

 
Top