Photo of Milford Sound in New Zealand

काठमाडौं, साउन १ । नेपालीभाषी भारतीय गायक प्रशान्त तामाङलाई बंगाल सरकारले प्रहरी सेवाबाट बर्खास्त गरेको छ । पछिल्लो समय दार्जिलिङमा नेपालीभाषाीहरुको आन्दोलन चर्किरहँदा प्रशान्त तामाङलाई त्यहाँको सरकारले कारवाही गरेको हो ।

इन्डियन आइडल’ को विजेता बनेका तामाङ कलकत्ता प्रहरीमा थिए । तर इन्डियन आइडल बनेपछि उनको ‘पहिचान’ को विषयलाई लिएर भारतमा अनेक किसिमका विवाद उत्पन्न हुने गर्थे । उनले आफ्नो मातृ भाषा नेपाली बोल्दा भारतमा उनको ब्यापक टिप्पणी भएको थियो । ढाका टोपी, दोरा सुरुवाल लगाएकै कारण पनि प्रशान्तमाथि भारतमा आलोचना भएको थियो ।

यतिसम्म की, नेपालीभाषी भएकै कारण उनलाई आइडल बनेपछि बलिउड उद्योगमा स्थापित हुन मुस्किल भएको टिप्पणी हुँदैआएको छ । पछिल्लो समय दार्जिलिङमा उठेको आन्दोलनको पक्षमा उनले मुख खोलेकै कारण ममता बनर्जी नेतृत्वको पश्चिम बंगाल सरकारले प्रशान्त तामाङलाई अनुशासनको कारवाही गरेको हो । तामाङले भारतीय सँगै केही चर्चित नेपाली गीत समेत गाएका छन् ।

साथै बंगाल सरकारले दार्जिलिङको आन्दोलन दबाउन असहिष्णु चरित्र देखाउँदैआएको छ । इन्टरनेट, टेलिफोन लगायत अत्यावस्यक सुविधा कटौती गरिएको छ । बंगाल सरकारको यस्तो चरित्रबारे दिल्ली, मुम्बइ लगायत ठूला सहरमा रहेका संचारमाध्यम तथा बुद्धिजीवीहरुले समेत कुनै प्रतिक्रिया दिएका छैनन् ।

source:nepalipatra

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2u1zgW8
via IFTTT

0 comments:

Post a Comment

add

 
Top