Photo of Milford Sound in New Zealand

एजेन्सीः नेपालका कार्यकारी प्रमुखका छोराछोरी के गर्छन् ? धेरैको जिज्ञासा रहने यो प्रश्न अनुत्तरित छ । यसको ओठे जवाफ सुनिन्छ, ‘राज्यको भत्ता खान्छन् बस्छन् ।’ तर, अमेरिकी पुर्व राष्ट्रपति बाराक ओबामाकी १६ बर्षीया छोरी साशा ओबामा भने अहिले रेष्टुरेन्टमा काम गरिरहेको खबर सार्वजनिक भएको छ ।

गर्मीको छुट्टीको समयमा पुर्व राष्ट्रपतिलाई दिइने उच्च सुविधा छोडेर साशाले वेटरको काम रोजेकी हुन् । उनी अहिले छुट्टी मनाउदै अमेरिकाकै मासाचुसेट्सको मार्था वाइनयार्डको एक रेस्टुरेन्टमा वेटरको भूमिका निर्वाह गरिरहेको अमेरिकी सञ्चार माध्ययमले जनाएका छन् ।

पुर्व राष्ट्रपति कार्यालयले भने साशाले रेष्टुरेन्टमा काम गरेको बारे केही बताउन नचाहेको समेत अमेरिकी सञ्चार माध्ययमले उल्लेख गरेका छन् । सासाले रेष्टुरेन्टमा काम गर्न थालेपछि गुप्तचर विभागका ६ जना आउने गरेको समेत बोस्टन हेराल्डले उल्लेख गरेको छ ।

साशासँगै काम गर्ने रेष्टुरेन्टका एक कर्मचारीलाई उद्धृत गर्दै हेराल्डले लेखेको छ, ‘उनी तल्लो दर्जामा काम गर्दै थिइन, उनी काम गर्न आउदा अरु ६ जना आउन थाले, पछिमात्र थहा भयो कि उनी को हुन भनेर ।’

साशा निलो रंगको सर्ट र टोपी लगाएर रेष्टुरेन्टमा आउने अतिथिलाई सेवा दिइरहेको तस्बिरमा देख्न सकिन्छ ।

http://ift.tt/2t87409

from SHYANE http://ift.tt/2ucrf23
via IFTTT

0 comments:

Post a Comment

add

 
Top