Photo of Milford Sound in New Zealand

खजुरा (बाँके) –बाँकेको डुडुवा गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका नरेन्द्र चौधरीले चार हजार ६९१ मत ल्याएर विजयी भएको छ । केहीबेरअघि मात्र घोषणा भएको मतपरिणामअनुसार उनका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालका विजयबहादुर यादवले चार हजार १९२ मत प्राप्त गरेको छ ।

उपप्रमुखमा काँग्रेसकै सायदा बानोले चार हजार ३१५ मत प्राप्त गरी विजयी भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालका जाबेदा खातुनले चार हजार १३४ मत प्राप्त भएको मतदान अधिकृत टीकाराम बोहराले बताए । उनका अनुसार डुडुवा गाउँपालिकाको वडा नं २ मा वडाध्यक्षमा काँग्रेसका गजेन्द्र किराँती एक हजार ४०२ मत प्राप्त गरी विजयी भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका दुर्गाप्रसाद बर्माले एक हजार ३८२ मत प्राप्त गरेको थियो ।

यसैगरी महिला सदस्यमा लीलावती यादव, महिला दलित सदस्य रेखाकुमारी खटिक, सदस्यमा इजाजुद्दिन खाँ र विनोदकुमार लोनिया विजयी भएको छ ।

यसैगरी वडा नं ३ मा सङ्घीय समाजवादी फोरम नेपालका भण्डारी लाल यादव एक हजार ११ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जमालुद्दिन खाले ५४२ मत ल्यााएको थियो ।

महिला सदस्यमा फोरम नेपालकै फरिदा बानो खा, महिला सदस्यमा कुमारी लक्ष्मी पासी, सदस्यमा अलिउल्ला खाँ र आमोदकुमार तिवारी विजयी भएको छ ।

जम्मा खसेको मत १४ हजार ५०६ मा ७५९ मत बदर भएको थियो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ubebXi
via IFTTT

0 comments:

Post a Comment

add

 
Top