Photo of Milford Sound in New Zealand

काठमाडौं, २० असार । सुपरस्टार सलमान खानको बहुप्रतिक्षित फिल्म ‘ट्युबलाइट’ले अपेक्षित व्यापार गर्न सकेन । जसका कारण वितरकले ७५ करोड घाटा व्यहोरेका छन् । ट्युबलाइटले फिल्मको वितरकलाई ठूलो घाटामा पारिदिएको छ । फिल्मको भारतमा वितरणका लागि एनएच स्टुडियोले १ सय ३२ करोड रुपैंयाँमा वितरण अधिकार लिएको थियो ।

फिल्म रिलिजको झण्डै दुई साता बित्न लाग्दा सोचे जस्तो व्यापार नगरेपछि अहिले वितरकलाई टाउको दुखाईको विषय बनेको छ । फिल्मले स्वदेशी बजारमा नै सोचे जस्तो व्यापार नगरे पछि झण्डै ७५करोडको घाटा व्यहोर्नु पर्ने अवस्था आएको छ ।

स्थानीय सिंगल थिएटरका वितरकले पनि घाटा व्यहोर्नु परेपछि उनीहरु मुम्बईमा सलमानलाई हारगुहार गर्न आइपुगेको तर सलमानले उनीहरुको कुरामा चासो नदिएको बताइएको छ । फिल्मले दुई साता पुग्न लाग्दा झण्डै १ सय २५ करोडको व्यापार गरेको छ । यही हिसाब हेर्ने हो भने वितरकले झण्डै ५६ करोड मात्र हातमा पाउनेछन् । एजेन्सी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tH9ZBi
via IFTTT
04 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top