Photo of Milford Sound in New Zealand

अभिनेता सलमान खानले बान्द्रास्थित आफ्नो नव निर्मित कमर्शियल बिल्डङको २१४० वर्ग मिटर क्षेत्र बिग बजारका मालिक किशोर बियानीलाई भाडामा दिएका छन् । किशोरले फ्युचर कम्पनीका लागि उक्त जग्गा भाडामा लिएका हुन् । सलमानले यसबाट प्रति महिना ८० लाख पाउनेछन् । तर सम्झौता भए अनुसार पाँच वर्ष पछि भने यो रकम बढेर ८९ लाख ९ हजार भारतीय रुपैयाँ हुनेछ ।

सलमानले यसको लागि कम्पनीसँग दुई करोड ४ लाख डिपोजिट रकम लिएका छन् । भारतीय सञ्चार माध्ययमका अनुसार गत हप्ता रजिस्ट्रेशन अफिसमा यो डिल फाईनल गरिएको हो । सलमानका बुवा सलिम खानले पेपर वर्क गरेको बताईएको छ । तर सलमानको परिवारले यस बारेमा आधिकारिक पुष्टि भने गरेको छैन ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vBn8Jr
via IFTTT
19 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top