Photo of Milford Sound in New Zealand

व्यक्तिलाई आफ्नो आवश्यकता पूरा गर्नका लागि धनको आवश्यकता पर्दछ । धनको कमी हुँदा व्यक्तिले अनेकौं समस्याको सामना गर्नुपर्दछ । कतिपय व्यक्ति अत्यन्तै धेरै मेहनत गर्छन् तर धनको कमी भएर चिन्तित भइरहेका हुन्छन् । यो समस्याबाट मुक्त हुनका लागि आचार्य चाणक्यले केही उपाय सुझाउनुभएको छ ।

चाणक्य भन्नुहुन्छ :

मूर्खा यत्र न पूज्यन्ते धान्यं यत्र सुसञ्चितम् ।

दाम्पत्ये कलहो नास्ति तत्र श्रीः स्वयमागता ।।

यो श्लोकमा चाणक्यले बताए अनुसार जहाँ यी निम्नलिखित तीनवटा कुरा हुन्छन् त्यहाँ महालक्ष्मीको कृपा सदैव रहन्छ ।

१. चाणक्यका अनुसार मूर्खलाई भन्दा बुद्धिमानलाई मानसम्मान गरिने घरमा महालक्ष्मीले वास गर्नुहुन्छ ।

२. जुन घरमा अन्नभण्डार छ अनि त्यहाँबाट कुनै पनि व्यक्ति खाली हात फर्किनुपर्दैन र जहाँ अतिथिहरूको आदर सत्कार हुन्छ तथा जहाँ सात्विक भोजन गरिन्छ, त्यहाँ देवी लक्ष्मी स्वयं विराजमान हुनुहुन्छ ।

३. जुन घरमा पति र पत्नी प्रेमपूर्वक बस्छन्, झगडा गर्दैनन्, त्यो घरबाट देवी लक्ष्मी कहिल्यै जानुहुँदैन ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uOEjXC
via IFTTT

0 comments:

Post a Comment

add

 
Top