Photo of Milford Sound in New Zealand

काठमाडौं, ८ साउन । भारत र चीनको सिमा डोकलाममा दुईदेशबीचको तनाव बढ्दो अवस्थामा छ । दुई देशका सेना आमने–सामने भएका छन् । युद्धको खतरा समेत रहेको भारतीय संचार माध्यमहरुले बताइरहेका छन् ।

चीनसँग युद्ध हुने अवस्थामा भारतले चीनलाई पराजित गर्न अनौंठो जुक्ति निकालेको छ । त्यो हो चीनलाई परास्त गर्न गायत्री मन्त्र जप्ने । भारतीय टिभी च्यान आजतकको अनलाईन संस्करणका अनुसार सिमा क्षेत्रमा चीनसँग बढेको तनावकाबीच राष्ट्रिय स्वयंसेवक संघले छिमेकी देससँग लड्न नयाँ जुक्ति निकालेको छ ।

संघले चीन जस्तो देशसँग भिड्न मन्त्रको सहारा लिनुपर्ने बताएको छ । संघ चीनी उत्पादन बहिस्कार गरी चीनलाई आर्थिकरुपमा कमजोर बनाउन चाहान्छ । त्यसैले उसले भारतीयहरुलाई चिनियाँ सामान प्रयोग नगर्न अपिल समेत गरेको छ । भारतीयहरुलाई संघले पुजा अर्चनाका बोला पाँच पटक खास मन्त्र जप्न आग्रह गरेको छ । याे मन्त्र जप्दा चीन जस्तो देशसँग भिड्न शक्ति प्राप्त बताइएकाे छ ।

संघका बरिष्ठ पादाधिकारी इन्द्रेश कुमारले यो मन्त्र हिन्दु, मुसलमान सबै भारतीयहरुले पुजा वा नमाज भन्दा पहिले जप्नु पर्ने बताएका छन् । मन्त्र जप्दा चीनलाई नोक्सान हुने उनकाे दावी छ । सिमा विवाद बढेपछि भारतीय जागरण मन्च जस्ता संगठनहरुको सक्रियता समेत बढेको बताइएको छ । medianp

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vQBVA9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top