Photo of Milford Sound in New Zealand

२७ असार, काठमाडौं । नेपाली यू-२३ टोलीले बंगलादेशसँग मैत्रिपूर्ण फुटबल खेल्नु अघि नेपाली फुटबल समर्थकका लागि खुसीको खबर बन्यो, जुमानु राईको बढुवा ।

दुई तारे फुली लगाएर हँसिलो मुद्रामा रहेका जुमानुको तस्वीर शेयर गर्दै धेरैले बधाई दिएका छन् । नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर समेत रहेका राईको प्रहरी नायव निरीक्षक (सई)मा बढुवा भएको हो अर्थात उनी अब सई सा’ब भएका छन् ।

जुमानुले हालै प्रमोसन पाएका हुन् । सर्लाहीको हरिवनमा घर भएका जुमानुले २०५९ सालमा नेपाल पुलिस क्लबमा प्रवेश पाएका थिए । लगत्तै उनले प्रहरीमा सिपाहीको जागिर पाए । त्यसपछि उनले तीनपटक प्रमोसन खाएका छन् ।

पुलिस टिमले राष्ट्रिय लिग जित्दा उनको हवल्दारमा बढुवा भयो भने का एएफसी प्रेसिडेन्ट कपमा उपविजेता हुँदा असई भए । उनी अहिले पुलिस टिमका कप्तान हुन् । जसले पहिला फुली लगाउँछ, पुलिस क्लबमा उसैलाई कप्तान दिइन्छ ।

जुमानु पुलिसमा प्रवेश गर्दा नेपाली फुटबलमा पुलिस क्लबकै दबदबा थियो । खेलाडीहरु पनि पुलिससँग एकसेएक थिए । त्यसैले टिममा स्थान बनाउन जुमानुलाई सजिलो थिएन ।

तर, जब मौका पाउँथे, जुमानुले आफूलाई प्रमाणित गरेर देखाउँथे । अन्ततः उनले एउटा स्ट्राइकरको भूमिकामा आफूलाई स्थापित गरे । २०६२ सालमा उनले राष्ट्रिय फुटबल टिममा स्थान बनाए । मकाउविरुद्धको खेलमा उनले डेब्यू गरेका थिए ।

नेपाली फुटबलमा अहिले पुलिसको दबदबा पहिले जस्तो छैन । जुमानु पनि राष्ट्रिय टोलीमा नपरेको धेरै भइसक्यो । आफू राष्ट्रिय टिमबाट खेल्दा सबैले सतप्रतिशत प्रयास गरेको तर सोचेअनुसार नतिजा निकाल्न नसकेको उनले बताए । onlinekhabar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2t0UKU5
via IFTTT

0 comments:

Post a Comment

add

 
Top