Photo of Milford Sound in New Zealand

साउदी अरबले कतारमाथि आतंकवादी संगठनहरूलाई सहयोग गरेको आरोप लगाउँदै उससँगको राजनीतिक सम्बन्ध समाप्त गरेको थियो । तर, कतारमाथि यस कदमको खासै असर परेको देखिइरहेको छैन । साउदी अरबका साथ संयुक्त अरब इमिरेट्स (युएई), बहराइन तथा इजिप्टले पनि कतारसितको आफ्नो राजनीतिक सम्बन्ध तोडेका थिए । उनीहरूको कदमसँगै यमन, लिबिया र मालदिभ्सले पनि कतारसितको सम्बन्ध तोडेका थिए ।

साउदी अरबले कतारलाई आफ्ना १३ सर्त मान्न दाबाब दिएको थियो । जसमा आतंककारी संगठनहरूसितको सम्बन्ध समाप्त गर्नुपर्नेदेखि अल जजिरा टेलिभिजन बन्द गर्नुपर्नेसम्मका सर्त समावेश थिए । यद्यपि, कतारले कुनै पनि सर्त मान्न अस्वीकार गरिदिएको छ । छिमेकी अरब देशहरूको प्रतिबन्धसँगै कतारले आ–आफ्ना लागि आवश्यक सरसामान इरान र टर्कीबाट आयात गर्न सुरु गरेको छ । अब आएर यो मान्न थालिएको छ कि जुन उद्देश्यसाथ अरब देशहरूले कतारसितको आफ्नो सम्बन्ध समाप्त गरेका थिए, उल्टो त्यसबाट उनीहरूमाथि नै असर पर्न लागेको छ ।

इरान र टर्कीको साथ
कतारका २७ लाख जनताका लागि अधिकांश आवश्यक सामान आयातमाथि नै निर्भर छ । उसको लगभग ४० प्रतिशत खाद्य सामग्री साउदी अरबको बोर्डरबाट आउने गरेको थियो । साउदी अरबले कतारसितको सम्बन्ध समाप्त गरेपछि इरान र टर्की कतारको सहयोगमा जुटेका छन् । यस कारणले गर्दा एकातिर इरानलाई व्यापारिक फाइदा पुग्यो भने त्यही दोहा र तेहरानबीचको राजनीतिक सम्बन्ध पनि निकै राम्रो हुन थाल्यो ।

कतारको जर्जटाउन युनिभर्सिटीका प्राध्यापक रोरी मिलरका अनुसार कतारमाथि लागेको प्रतिबन्ध पूरै विफल भएको छ । साउदी अरब र युएईले जुन गठबन्धनको आशयसाथ खाडी क्षेत्रमा आफ्नो एकाधिकार जमाउने प्रयास गरेका थिए, उनीहरू त्यसमा सफल हुन सकेनन् । उल्टै टर्कीले कतारसितको आफ्नो सम्बन्धमा निकै सुधार गरेको छ ।

स्थितिलाई बढाइचढाइ देखाइयो
लन्डनमा रोयल इन्स्टिच्युट अफ इन्टरनेसनल अफेयर्सका अरब प्रायद्वीपका विशेषज्ञ पिटर सेलिसबरीको भनाइलाई मान्ने हो भने यी विषयलाई निकै बढाइचढाइ देखाइँदै छ । उनका अनुसार साउदी अरबलाई आफ्नो योजनामा खासै सफलता प्राप्त भएको छैन । तर, कतार र इरान निकै निकट भए भन्ने भनाइमा पनि पूरापुर वास्तविकता भने छैन । कतार र इरानबीच जहिल्यै एक प्रकारको अविश्वास बनिरह्यो । यस समयमा इरानले कतारलाई खाद्य सामग्री यस कारण पठाइरहेको छ कि ऊ खाडी क्षेत्रमा साउदी अरबको स्थिति खराब बनाउन चाहन्छ ।

आतंकवादी संगठनमाथि नियन्त्रण
कतारसामु राखिएकामध्ये प्रमुख सर्त मुस्लिम ब्रदरहुड, हमास तथा अन्य इस्लामिक संगठन तथा इरानद्वारा समर्थित सैन्य संगठनहरूसितको सम्बन्ध तोड्नुपर्ने थियो । रोरी मिलरले बिबिसीलाई बताएका छन् कि आफ्नो स्वतन्त्रता र सम्प्रभुता बचाइराख्नका लागि कतारले यी संगठनविरुद्ध बढी कडा नीति अपनाउन सक्दैन । मिलरका अनुसार यही साता अमेरिका र कतारबीच भएको आतंकवादविरोधी सम्झौताले महत्वपूर्ण भूमिका निभाउन सक्छ ।

थप नयाँ योजनाको कमी
साउदी अरब, बहराइन, इजिप्ट तथा युएईले कतारद्वारा आफ्ना सर्तबारे कुनै पनि प्रतिक्रिया नदिएको अवस्थामा उचित समयमा अलग–अलग कदम उठाउने बताएका छन् । यद्यपि, रोरी मिलरका अनुसार साउदी अरब र उसका साथी देशहरूसित कतारका लागि कुनै ‘प्लान बी’ तयारी अवस्थामा छैन । कतारविरोधी राष्ट्रहरू अझ बढी कडा कदम उठाउन सक्दैनन् । किनकि, उनीहरूमाथि अन्तर्राष्ट्रिय दबाब बढेको छ । यसका साथै, खाडी क्षेत्रमा इरान र टर्कीको बढ्दो उपस्थितिले उनीहरूको कदमलाई रोकिरहेको छ ।

तेलको माग
सेलिसबरीका अनुसार साउदी अरब र उसका सहयोगी राष्ट्रहरू कतारमाथि लागेको प्रतिबन्धलाई जारी राखेर उसलाई आर्थिक रूपमा कमजोर बनाउनेबारे सोचिरहेका छन् । त्यहीँ अर्कोतर्फ कतार आफ्नो प्राकृतिक तेल भण्डार निर्यात गरेर आफ्नो आवश्यकता पूरा गरिरहेको छ । जबसम्म ग्यासको माग र त्यसको मूल्य बढिरहन्छ, कतारले आफ्ना आवश्यकता पूरा गरिरहनेछ र ऊमाथि लाग्ने प्रतिबन्ध पूरै सफल हुन सक्दैन ।

(बिबिसी हिन्दीको समाचार टिप्पणी)
बिबिसी हिन्दी डटकमबाट

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tfnDMo
via IFTTT

0 comments:

Post a Comment

add

 
Top