Photo of Milford Sound in New Zealand

काठमाडौँ । यति बेला राष्ट्रपति विद्यादेवी भण्डारीलाई १६ करोडको गाडी किन्ने सरकारी निर्णयको निकै चर्चा छ । यो निर्णयले सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा समेत निक्कै तहल्का मच्चाएकाे छ ।
रमाईलो कुरा के भने यो अरुले त विरोध गरे गरे नेकपा एमालेका केहि नेता र कयौं कार्यकर्ताले समेत यो निर्णयको चर्को विरोध र आलोचना गरेको पनि पाइयो ।
राष्ट्रपति भण्डारी १६ करोडको गाडी चढ्ने बिषयलाई कतिपयले उनका स्विर्गीय पति मदन भण्डारीसँग पनि जोडेका छन । ६ सयको साइकल चढ्ने एमालेका चर्चित नेता भण्डारीकी श्रीमती विद्यादेवी १६ करोडको गाडी चढ्ने ? भन्दै कतिपयले प्रश्न गरेका छन् भने कोहि कसैले व्यंग्य हानेका छन् ।

तर यहि बिषयलाई लिएर एउटा रमाईलो गीत बनेको छ । स्याङ्जा बिरुवा ३ खाङराङका एडिसन दर्लामी मगरले आफ्नै शब्द रचना र स्वरमा गएको ‘सुन सुन ए राष्ट्रपति’ बोलको गीत भाइरल बनेको छ । गायक दर्लामीले उक्त गीतमा नेपाली नेता तथा राष्ट्र प्रमुखहरुलाई मोजमस्ती भएको र जनताले चाहिँ सधैं सास्ती खेप्नु परेको कुरा प्रष्ट पारेका छन् ।
यस्तै हास्य कलाकार बल्छीधुर्बले पनि आफ्नो फेसबुकमा यस्तो स्टाटस लेख्नु भएको छ भिडियो सहित हेर्नुहोस !! इमान्दारमिडियाको सहयोगमा !!

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2t2kVK8
via IFTTT

0 comments:

Post a Comment

add

 
Top