Photo of Milford Sound in New Zealand

के तपाई पनि कंट्रासेप्टिव पिल्स खानुहुन्छ ? यदि खानुहुन्छ भने सावधान हुनुहोस किनकी एक खबरका अनुसार कंट्रासेप्टिव पिल्स खानाले एउटि महिलाको मृत्यू भएको छ ।
के हो त्यो खबर ?
२० बर्ष की लीगल सेक्रेटरी ऐबे पारकसको फोक्सोमा रगत जमेर मृत्यू भएको छ । मृत्यू हुनुको कारण केहि हदसम्म कंट्रासेप्टिव पिल्स रहेको बताईएको छ । एक्सपर्टका अनुसार कंट्रासेप्टिव पिल्स खानाले मृत्यू भएको बताइए पनि अझैसम्म वैज्ञानिक रूपले यो सावित हुन सकेको छैन तर यो कुरा सहि हो कि कंट्रासेप्टिव पिल्सले ब्लड क्लोटिंग अर्थात रगत जम्ने खतरा बढाउछ ।

हलसम्म ५५० जनाको मृत्यू
मेडिकल एंड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी एजेंसी MHRA का अनुसार ,1963 देखि हालसम्म कंट्रासेप्टिव पिल्स खानाले 550 महिलाहरुको मृत्यू भैसकेको छ अर्थात लगभग एक वर्षमा दश भन्दा धेरै महिलाहरुको मृत्यू हुने गरेको छ । सबै भन्दा धेरै मृत्यू हुने कारण पिल्सको उपयोग अधिक भएकाले हुने गरेको छ । 1970 र 1977 मा 21 जनाको मृत्यू भएको थियो । जब यो पिल्स भरखरै प्रयोगमा आएको थियो । ,2011 मा 11 जनाको र 2014 मा 13 जनाको मृत्यू भएको थियो ।

एक्सपर्टका अनुसार
Seeds Of Innocence Infertility & IVF Centre की आईवीएफ र गायनो स्पेपशलिस्ट डा. गौरी अग्रवालसंग यस विषयमा कुरा गर्दा , उनले भनेकी छिन ,कंट्रासेप्टिव पिल्सबाट मृत्यू हुनु सम्भंव छ , विशेष गरेर त्यो समयमा जब डाक्टरहरुले पेशेंटको हिस्ट्री बारे केहि जानकारी लिएका हुदैन । पेशेंटलाई यदि पहिल्यै देखि माइग्रेन, लीवर डिजीजÞ छ , पेशेंट कुनै टैबलेटमा छ भने , उसलाई टी.बी, कैंसर वा कुनै इंफेक्शन छ वा अरु कुनै गंभीर बीमारी छ भने यसको सेवन गर्नु आफैमा रिस्क बढाउनु हो । यदि पेशेंटको पुरा हिस्ट्री बारे जानकारी नलिई उसलाई ओरल कंट्रासेप्टिव पिल्स सेवन गर्न दिएमा एम्बोलिजÞम अर्थात मुटु सम्बन्धि रोग हुन सक्छ । ब्लड क्लोटिंग हुन सक्छ । स्ट्रोक हुन सक्छ । वा यस्तै कुनै अरु जोखिम हुनसक्ने सम्भावना बढेर जान्छ ।
पिल्सबाट हुन्छ साइड इफेक्ट्स

MHRA डाटा अनुसार , पिल्स सेवन गर्नाले हार्मोंनमा 27000 खतरनाक साइड इफेक्ट्स हुन सक्छ । 9000 बाट 13000 महिलाहरुमा यस्तो साइड इफेक्ट्स देख्न पाईन्छ ।
के भन्छिन पारकसकी आमा
कानूनी जांचको समयमा थाहा लाग्यो की पारकसको मृत्यू गएको वर्ष अगस्तमा पिल्सको सेवनले भएको थियो । जसको कारण उसको रगत जम्ना थालेको थियो । यस्तो पारकसकी 43 वर्षकी आमा अमांदा पारकसको भनाई छ कि पिल्सले निम्त्याउने खतराको बारेमा कुनै जानकारी दिईएको थिईएन त्यसैले उनले पछि पनि धेरै टेस्ट गराईन ताकि पिल्सबाट हुने साइड इफेक्ट्स र खतराहरुको बारेमा जानकारी प्राप्त गर्न सकियोस । उनको भनाई छ कि डाक्टरले केहि समय पहिल्यै खतराको बारेमा चेतावनी दिनु पथ्र्यो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uNGMox
via IFTTT

0 comments:

Post a Comment

add

 
Top