Photo of Milford Sound in New Zealand

चीनको सरकारी समाचार संस्थाले आफ्नो भूभागमा गैरकानूनी रुपमा भारतीय सेना बसिरहेको भन्दै उनीहरुलाई त्यहाँबाट नहटाइए भारतले लाजमर्दो अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिएको छ।

सिन्ह्वा समाचार सस्थाले प्रकाशन गरेको एउटा टिप्पणीमा चीन, भारत र भुटानको सीमा क्षेत्र नजिकै पर्ने दोक्लमबाट भारतीय फौज फिर्ता नहुनजेलसम्म कुनै किसिमको वार्ता हुननसक्ने उल्लेख गरिएको छ।

भारतले उक्त भूभागमाथि भुटानले दाबी गरिरहेको भन्दै चिनियाँ पक्षलाई त्यस क्षेत्रमा नयाँ सडक निर्माण गर्न नदिन आफूले अघिल्लो महिना सैनिकहरु पठाएको बताउने गरेको छ।

उक्त सडकका कारण आफ्नो सुरक्षामा गम्भिर चुनौती थपिने नयाँ दिल्लीको चिन्ता रहेको छ।
विवाद

सिन्ह्वामा प्रकाशित उक्त लेखमा चीनले दोक्लम क्षेत्रबाट आफ्ना फौज फिर्ता लान पटक पटक गरेको आग्रह भारतले अस्वीकार गरिरहेको उल्लेख गरिएको छ।

एक महिनादेखि चलिरहेको उक्त विवाद समाधान गर्न भारतले वेवास्ता गरिरहे उसले थप लाजमर्दो अवस्थाको सामाना गर्नुपर्ने चेतावनी उक्त लेखमा दिइएको छ।

उक्त लेखमा पहिलो पटक सिक्किमसँग सीमा जोडिएको आफ्नो भूमीमा भारतीय फौज प्रवेश गरेको भन्दै अहिलेको अवस्थालाई पाकिस्तान, भारत र चीन तीनै देशको दाबी रहेको दक्षिणपूर्वी कश्मिरमा सन् २०१३ र सन् २०१४ मा भएका भिडन्त जसरी साधारण रुपमा नलिन भनिएको छ।

यस बिषयमा भारतसँग कुनै वार्ता नगर्ने भन्दै भारतले दोक्लम आएका फौज फिर्ता गर्नुपर्ने अडान चीनले राख्दै आएको छ।
छलफल

यसैबीच भारतीय अखबार द इन्डियन एक्सप्रेसका अनुसार भारतको केन्द्र सरकारले दोक्लम विवादबारे त्यहाँका विपक्षी दलहरुसँग छलफल गरेको जनाएको छ।

विपक्षी नेताहरुले सरकारलाई बेइजिंगसँगको तनाव कम गर्न र कूटनीतिक तहबाट समस्या समाधान गर्न सुझाव दिएको बताइएको छ।

उक्त बैठकमा गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुस्मा स्वराज, अर्थमन्त्री अरुण जेट्ली सहितका उच्च भारतीय अधिकारीहरु सहभागी थिए।

भारत र चीनबीच ४ हजार किलोमिटर भन्दा लामो जमिन जोडिएको सीमा क्षेत्र छ।

सीमा विवादका कारण उनीहरुबीच सन् १९६२ मा युद्ध समेत भएको थियो। BBC

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2v5zg5M
via IFTTT
15 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top