Photo of Milford Sound in New Zealand

चाणक्य नीतिमा जीवनका विभिन्न शुत्र उल्लेख गरिएको छ । नीति शास्त्रमा मानिसहरु सुतेको समयमा विभिन्न कुरामा ध्यान दिनु पर्ने उल्लेख छ । चाणक्यले ७ लाई कहिल्यै पनि निद्राबाट जगाउन नहुने भनेका छन् ।

१ मुर्ख ब्यक्ति
यदि कोही मुर्ख ब्यक्ति सुतेको छ भने उसलाई उठाउने धृष्ठता नगर्नुसे । जगाउनु भनेको आफूलाई समस्यामा पार्नु हो । मुर्ख ब्यक्ति ब्युँझिएपछि तपाइँलाई कुनै नै कुनै समस्यामा पार्छ । मुर्खहरु सुतेको समयमा नै तपाइँलाई शान्ति हुन्छ ।

२ सर्प
सर्प सुतिरहेको छ भने उसलाई कहिल्यै पनि जिस्काउने र जगाउन काम नगर्नुस् । साँपलाई ब्युँझाउनु भनेको आफ्नो मृत्यु निम्त्याउनु जस्तै हो । किन भने सुतिरहेको साँप ब्युँझियो भने तपाइँलाई टोक्ने निश्चित हुन्छ ।

३ राजा या मालिक
यदी तपाइँले अति आदर गर्नु पर्ने मन्त्री वा राजा जस्ता ब्यक्ति सुतेका छन् भने उनीहरुलाई नबिउँझाउनुस् । यस्ता ब्यक्तिलाई सुतेको बेलामा बिउँझाउँदा उनीहरु रिसाउन सक्छन् । कहिले काँही विनाकारण जागिर गुम्ने वा सजाय समेत पाउन सकिन्छ ।

५ सिंह
यदि जंगलमा वा चिडियाघरमा सिंह सुतिरहेको छ भने यसलाई नजिस्काउनुस् । सिंह बिउँझिएपछि आक्रामक हुन्छ र मानिसलाई नै आक्रमण गर्न सक्छ । सुतिरहेको सिंहलाई विउँझाउने धृष्ठता नगर्नुस् ।

५ सानो बच्चा
सानो बच्चालाई पनि सुतिरहेको समयमा जगाउनु हुँदैन । साना बच्चा जाग्नासाथ रुन थाल्छन र उनीहरुलाई चुप लगाउन निक्कै कठिन हुन्छ । बच्चा उठ्ने वित्तिकै रोयो भने फकाउन निक्कै कठिन हुन्छ । बच्चालाई कहिल्यै पनि नबिउँझाउनुस् आफै विउँझिन दिनुस् ।

६ पराइ कुकुर
यदि कसैको घरमा कुकुर पालेका छन् र कुकुर सुतिरहेको छ भने उसलाई नचलाउनुस् । कुकुरलाई चलाएर बिउँझाउन खोज्नु भो भने भुक्ने मात्र होइन तपाइँले टोकाइकै पनि सामना गर्नु पर्ने हुन सक्छ ।

७ हिंस्रक पशु
कुनै पनि जंगली वा घरपालुवा हिंस्रक जनावरलाई सुतिरहेको समयमा चलाउनु हुँदैन । हिंस्रक पशुले विउँझिएपछि मानिसमाथि आक्रमण गर्छन् । र सम्हाल्न मुस्किल पर्छ ।purbelinews

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tWxCFt
via IFTTT

0 comments:

Post a Comment

add

 
Top