Photo of Milford Sound in New Zealand

काठमाडौँ । बलिउड नायिका आलिया भट्ट पछिल्लोपटक फिल्म बद्रीनाथकी दुल्हनिया रिलिजपश्चात बलिउडबाट ३ महिनासम्म हराइन्। हाल भने उनी एकैसाथ ३ फिल्म लिएर बलिउडमा फर्केकी छिन्।

बलिउड नगरीको यो छोटो छुट्टीको समयमा उनी विभिन्न प्रकारका नृत्य सिकिरहेकी थिइन् भने विभिन्न ठाउँको यात्रामा पनि थिइन्। एक भारतीय अनलाइनका अनुसार पछिल्लोपटक स्वास्थ्यमा ध्यान दिइरहेकी उनी हाल कागतीपानी र खिचडीको साथ अबेर रातसम्म सुटिङको तयारीमा व्यस्त हुन थालेकी छिन्।

आलिया निकै सहजताको साथ यो कुरा स्वीकार्छिन् कि दुई वर्षअघि उनी जस्तो देखिन्थिन्, अहिले त्योभन्दा निकै फरक छिन्। उनी सुखी र खुसी देखिन्छिन्। उनी आफ्नो खानामा नुन र चिनीको मात्रा उचित रूपमा लिन्छिन्। मोटोपनको अनुभवलाई वर्षौं अगाडि छोड्दै यी २४ वर्षीया स्टाइल आइकन आफ्नो खानपानमा सुधार ल्याएकोमा निकै खुसी छिन्।

त्यसो त बलिउड नायिकाहरू प्रेम र रोमान्सका विषयमा निकै चर्चामा आउने गर्छन्। उनको कुरा भने भिन्न छ। उनले भनेकी छिन्– ‘मेरो विश्वास गर्नुहोस् यस्तो कोही पनि केटा छैनन्। जसका लागि म पागल होऊँँ।’ medianp

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sWV01t
via IFTTT
07 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top