Photo of Milford Sound in New Zealand

चितवन,साउन १० – बच्चा जन्माउन नसकेर चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एक सिङ्गे पोथी गैंडा मरेको छ। निकुञ्जको पश्चिम सेक्टरको दुदौरा पोष्टको दक्षिण पट्टि राप्ती नदी किनारमा अन्दाजी ५ वर्षको बेदे गैडा बच्चा जन्माउन नसकेर मरेको हो। निकुञ्जमा पछिल्लो गणना अनुसार ६ सय ५ वटा गैंडा छन् ।

चितवन राष्ट्रिय निकुञ्ज तथा आसपास क्षेत्रमा गएको एक वर्ष विभिन्न कारणले २५ वटा गैंडा मरेका छन् । चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी नुरेन्द्र अर्यालले दिएको जानकारी अनुसार २१ वटा गैंडा प्राकृतिक कारणले मरेको भएपनि चारवटा गैंडा भने मानवय कारणले मरेको हो ।

अघिल्लो बर्षको साउनदेखि अहिलेसम्म मरेका २५ गैंडा मध्य एउटा तस्करबाट र दुईवटा करेन्ट लागेर मरेको छ । एउटा गैंडा भने रौतहटमा गोली लागि उपचारका लागि चितवन ल्याईएकोमा पछि मरेको हो । चितवनमा सन २०१५ को गणना अनुसार ६०५ वटा एक सिंगे गैंडा रहेकाछन् । recentnepal

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2v6PO0P
via IFTTT

0 comments:

Post a Comment

add

 
Top