Photo of Milford Sound in New Zealand

उर्लाबारी /एपीवान टेलिभिजनबाट प्रशारण हुने नेपाल आईडलका प्रतिस्पर्धी निशान भट्टराईको ‘भोटिङ’ प्रचारका लागि उनका बाबुले घरको लैनो गाई समेत विक्री गरेका छन् ।उर्लाबारी नगरपालिका – ७ का २१ वर्षीय निशानका बुवा नित्यानन्दले छोराको प्रचारका लागि दुई साता अघि मात्रै ब्याएको लैनो गाई रु ६० हजारमा विक्री गरेका हुन् ।

भट्टराईले त्यही पैसा खर्च गरेर छोरालाई नेपाल आइडल बनाउन प्रचारको काम भइरहेको बताउनुभयो । निशान अहिले सो प्रतियोगिताको टप टेनमा पुगेका छन् । सामान्य परिवारमा जन्मिएका निशान स्कुलमा भर्ना भएदेखि नै उनको गीतसंगीत प्रतिको लगाव देखेर त्यसलाई सम्मान गर्दै भृकुटी मोडल स्कुलले संगीत कक्षा नै चलाउन सुरु गरेको थियो । निशानका संगीत शिक्षक विशाल राईका अनुसार सानै उमेरदेखि उनी गीतसंगीत प्रति निकै मेहनती थिए ।

भर्खरै मात्रै मिस नेपालको उपाधि जितेको उर्लाबारीका लागि नेपाल आइडल जिताउन पनि स्थानीयबासीसँगै संघसंस्थाहरु अभियानकै रुपमा लागिपरेका छन् । उर्लाबारीकै निकिता चाण्डकले मिस नेपालको उपाधि हात पार्नु भएको थियो । उर्लाबारीका निशानलाई जिताउन उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराईको संयोजकत्वमा १५ सदस्यीय ‘निशान जिताउ अभियान’ समिति गठन गरिएको छ । purbelinews

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2u1IgJn
via IFTTT
17 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top