Photo of Milford Sound in New Zealand

रुपनी जि.एम, भक्तपुर २ श्रावण । हरेक आमाबुवाले सन्तानलाई जन्म दिन्छन् यो प्राकृतिक नियम हो । तर, काठमाण्डौ १२ लगनटोलका हिराकाजी महर्जनलाई भने उनकी साईली छोरी सरिताले जन्म दिइन् । केही महिना अघि चिकित्सकले हिराकाजीको मृत्युबारे घोषणा गरीदिइसकेका थिए ।

कलेजोले काम गर्न छोडेपछि चिकित्सकले उनीबारे यस्तो घोषणा गरेका हुन् । तर सरिता जसलाई उनले २४ वर्ष अघि जन्म दिएका थिए उनैले नै अहिले आफ्नो कलेजो दिएर बाबुलाई दोस्रो जन्म दिइन् ।

जन्म दिने बुवाआमालाई बचाउने कर्तव्य सन्तानको पनि हो भन्ने कुरा मैले राम्ररी बुझेकी छु त्यसैले ड्याडीलाई आफ्नो कलेजो दिएर बचाएं ।” सरिता मर्हजनले लाइट नेपालसंगको कुराकानीमा भनिन् ।

केही बर्ष देखि पेट दुख्ने समस्याका कारण काठमाण्डौ स्थित टिचिगं अस्पतालमा उपचार गराइरहेका हिराकाजीलाई त्यहीका चिकित्सकले कलेजो काम गर्न नसक्ने अवस्थामा पुगेको बताएका थिए ।

डाक्टरी रिर्पाेट अनुसार हिराकाजीको कलेजोले काम बिग्रीएको भन्ने थाहा पाउने बित्तिकै हिराकाजीको थप उपचारको शिलसीला सुरु भयो । उपचारकै शिलशिलामा उनीहरुलाई हिराकाजीको अन्तिम अवस्था आइसकेको कठोर अवस्था चिकित्सकले बताएका थिए ।

डाक्टरले दिएको जवाफलाई सरिताले निराश मुद्रामा भनिन्, “ड्याडीको अन्तिम अवस्था भैसकेको छ । अप्रेसनको लागि डेढ करोड लाग्छ त्यो पनि भारतमा । यदि नेपालमै गर्न चाहान्छौ भने त्यसको लागी केही समय कुर्नु पर्छ तर परिवार या आफन्तले उहाँलाई कलेजो दिनुपर्छ भन्ने दुई वटा अप्सन दिएपछि मैले नै ड्याडीलाई आफ्नो कलेजो दिएकी हुँ ।”

काठमाण्डौ १२ लगनटोलकी सरिताले आर्थिक अवस्था कम्जोर भएको कारण भारतमा उपचार नगरेर नेपालमै उपचारका लागि ठाउँखोज्दै हिंडिन् । उनले भनिन् “डेढ करोड हामी मध्यम वर्गीय परिवारकोलागि धेरै ठुलो रकम हो । तर नेपालमा पनि कलेजो प्रत्यारोपण सम्भव छ तर परिवार वा आफन्त मध्य कसैले दिनु पर्ने हुन्छ भनेपछि मैले नै दिने निधो गरें र दिएँ पनि ।” आफुलाई जन्म दिने ड्याडीको लागि मैले केही गर्ने मौका पाएँ यो नै मेरो लागि जीवनको सबै भन्दा खुशीको कुरा हो । उनले भनिन् ।

लगभग डेढ वर्षदेखि थलिएका हिराकाजीलाई उनको साईली छोरीले सरिताले नै रेखदेख गरिरहेकी थिईन् । अचानक बुवा थलिएपछि सरिताले उपचारकोलागि महाराजगंजको टिचिंग हुँदै ललितपुर स्थित निदान अस्पतालसम्म पु¥याएको बताउँछिन् ।

लामोसमयको टिचिंग बसाईपछि सरिताको भेट निदान अस्पतालमा कलेजो विषेशेज्ञ डा. दिपेश गुरुवाचार्य र डा. पुकार चन्द्र श्रेष्ठसंग हुन पुग्छ र उनले ती दुई डाक्टरको सल्लाह अनुुसार नै अषाढको १८ गते मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा बुवा हरिकाजी मर्हजनलाई कलेजो दिएर बचाउन सफल भएको बताएकी छन् । हेर्नुस भिडियो ।


source:Light Nepal

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2urxBKm
via IFTTT
17 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top