Photo of Milford Sound in New Zealand

काठमाडौं, २९ असार । चिनियाँ सेनाले हिन्द महासागरको सामरिक महत्ववाला क्षेत्र जिबौतीस्थित सैन्य अड्डा बनाएपछि भारत र अमेरिका चिन्तित बनेका छन् ।

अहिले चिनियाँ सेना जौबतीको सैन्य अड्डामा पुगिसकेको छ । यो चीनका विदेशस्थित प्रथम सैन्य अड्डा समेत हो । चीनको यो कदमका कारण भारत र अमेरिका थप चिन्तित भएको बताइएको छ ।

भारतीय संचार माध्यमहरुका अनुसार चीनको दोस्रो सैन्य अड्डा पाकिस्तानको ग्वादरमा बनाइन लागिएको छ । यस्तै चीनको योजना श्रीलंकाको हंबनटोटा बंदरगाहको पनि आफ्नो नियन्त्रणमा लिने रहेको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ताा जेंग शुंगले जिवबौती अड्डा एक सहायक क्षेत्र भएको बताएका प्रतिक्रिया दिएका छन् । उनले चिनियाँ सैनिकलाई अदन खाडीको समुद्री तटमा मानवीय सहायता कार्य गर्नका लागि सहायता गर्न जिबौती अड्डा सहयोगी हुने बताएका छन् । एजेन्सी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tMOeiP
via IFTTT

0 comments:

Post a Comment

add

 
Top