Photo of Milford Sound in New Zealand

काठमाडौं,असार २९ । आगामी साउन महिनादेखि नेपालबाटै मोटरसाइलक उत्पादन हुने भएको छ । नेपालको लागि बाजजका बाइकको आधिकारिक बिक्रेता गोल्छा अर्गनाइजेशनले नेपालबाटै बजाजका मोटरसाइकल उत्पादन गर्ने भएको हो ।

‘साउन महिनाभित्र बजाजको १०० सीसीको प्लाटिनियम बाइक उत्पादन गर्छौं,’ गोल्छा समूहका कार्यकारी निर्देशक शेखर गोल्छाले क्लिकमाण्डूसँग भने, ‘केही महिनाभित्रै १ सय २५ सीसीका बजाज डिस्कोभर र १ वर्षभित्र १ सय ५० सीसीका पल्सर उत्पादन गर्छौं ।’

१ वर्षभित्र २५ हजारभन्दा बढी मोटरसाइकल उत्पादन गर्ने योजना रहेको गोल्छाले सुनाए । विदेशबाट मोटरसाइकलका पार्टपुर्जा आयात गरेर नेपालमै एसेम्बल गरि मोटरसाइकल उत्पादन गरिनेछ ।

बजाजका मोटरसाइकल नेपालमा सबैभन्दा बढी विक्री हुने भएकोले यहीँ प्लान्ट राख्‍न प्रस्ताव गरेको थियो ।

०७३ बैशाखदेखि नै उत्पादन गर्ने लक्ष्यसहित गोल्छा अर्गनाइजेशनले नवलपरासीको रामग्राममा एसेम्बल प्लान्ट स्थापना गरिसकेको छ ।
मूल्य घट्छ त ?
नेपालमै एसेम्बल भए पनि बजार मूल्य भने नघट्ने गोल्छाले जानकारी दिए । ‘नेपालमै एसेम्बल भए पनि बजार भाउमा कुनै फरक हुनेछैन,’ उनले भने ।
आयात गर्दा भन्दा एसेम्बल गर्दा १/२ प्रतिशतमात्रै सस्तो पर्छ तर हामीले आयात गरिएकै मूल्यमा एसेम्बल गरिएका बाइकहरु बिक्री गर्ने उनले जानकारी दिए ।
‘हामीले ठूलो लगानी गरेकाले उत्पादन लागत केही सस्तो हुँदा पनि सस्तोमा बिक्री गर्न सक्ने अवस्था छैन,’ गोल्छाले भने ।
मूल्य नघटे पनि प्लान्टमा २ सय जनाले रोजगारी पाउनु र सरकारलाई ठूलो रकम राजस्व उठ्नु देशका लागि फाइदा भएको गोल्छाको भनाई छ ।
१ अर्ब लगानी
प्लान्ट बनाउँदा अहिलेसम्म ६० करोड रुपैयाँ खर्च भइसकेको र अब ३०/४० करोड रुपैयाँ खर्च हुने उनले बताए । नेपालमा स्कुटरबाहेक बजाजका मोटरसाइकल ८० देखि ९० हजार थान बिक्री हुने गरेको गोल्छाले जानकारी दिए ।
‘यति ठूलोमात्रामा मोटरसाइकलहरु आयात गरेर बिक्री गरिरहेका छौं, नेपालमै उत्पादन गरेपछि प्रविधि मात्रै भित्रिँदैन रोजगारी सिर्जना पनि हुन्छ र सरकारले राजस्व पनि पाउँछ,’ उनले भने ।

बाबुराम चढेको मुस्ताङम्याक्स बन्द

गोल्छा समूहको सवारी साधन एसेम्बल्ड गर्ने दोस्रो प्लान्ट हो । विराटनगरमा रहेको पहिलो प्लान्टबाट मुस्ताङ म्याक्स गाडी उत्पादन हुने गरेको थियो ।
जुन ०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले चढेपछि निकै चर्चा पाएको थियो । तर, बजार नपाएपछि मुस्ताङको प्लान्ट बन्द भइसकेको छ ।-क्लिकमान्डु डट कम बाट

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tj7qRz
via IFTTT

0 comments:

Post a Comment

add

 
Top