Photo of Milford Sound in New Zealand

काठमाडौं, ६ साउन– टेलि सिरियलबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका कलाकारको मूख्य भूमिका रहेको ‘छक्का पञ्जा’ले बक्स अफिसमा बम्पर कलेक्सन गर्यो ।

र अब त्यसको सिक्वेल ‘छक्का पञ्जा २’ पनि निर्माणको अन्तिम चरणमा छ । विदेश जाने यूवाहरुको कथामा आधारित ‘छक्का पञ्जा’ सिक्वेलमा आइपुग्दा कस्तो बन्ला भन्ने दर्शकको चोसो छ ।

यही बीचमा शुक्रबार बिहानै चलचित्र युनिटले एक गीत रिलिज गरेको छ, युट्यूवबाट । ‘ए दाजु नसमाऊ नाडीमा….’ बोलको गीत लोक लयमा आधारित छ ।

गीत स्वस्तिमा खड्का, वर्षा राउत, जितु नेपाल, केदार घिमिरे र स्वरूप सिंह गाडीमा यात्रा गरिरहेका देखिन्छन् ।

गीतमा जितु नेपाल (सरस्वती) र केदार घिमिरे (माग्ने बुढा)लाई मूख्य रुपमा फिचर गरिएको छ ।

‘छक्का पञ्जा’मा विदेश जाने भनेर घरबाट निस्किएका माग्ने काठमाडौंमा किड्नी बेचेर (केसी) डन बनेका थिए । यो गीतमा भने उनी गाडी चलाइरहेको देखिन्छन् ।

पहिलो श्रंखलामा दर्शकको मूख्य आकर्षका पात्र बनेका माग्ने बुढा सिक्वलमा भने कस्तो भूमिका देखिने हुन् त्यो जान्नका लागि भने चलचित्र रिलिज हुने मितिसम्म कुर्नैपर्ने हुन्छ । चलचित्र आगामी असोज ११ गते रिलिज हुने छ । lokaantar

अहिलेका लागि हेर्नुहोस् ‘छक्का पञ्जा २’को यो गीतः

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ukYNs0
via IFTTT

0 comments:

Post a Comment

add

 
Top