Photo of Milford Sound in New Zealand

काठमाडौँ। साढे पाँच बर्ष अघि रामेछाप सैपुकी १४ बर्षिय सुन्तली तामाङको बलात्कारपछि हत्या भयो । सुन्तली तामाङकी आमा डिल्लीमाया तामाङले छोरीको हत्यामा संलग्नको विरुद्धमा प्रहरीमा उजुरी पनि दिइन । नभन्दै प्रहरीले हत्याको आरोपी श्याम राउतलाई पक्राउ पनि गर्यो । छोरी गुमाउदाको पीडाले सम्हालिन नसकेकी डिल्लीमायाले छोरीको हत्यारालाई प्रहरीले पक्राउ गरेर जेल हालोस भन्ने चाहन्थिन ।

तर छोरीको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेर छोडदाको पीडाले धेरै तडपायो । छोरीको हत्यामा संलग्न श्याम राउतले मैलै नै हत्या गरेको हो भनेर प्रहरीकै अगाडि स्वीकार गर्दा पनि तत्कालिन रामेछापका डीएसपी सञ्जिव शर्मा दासले मोटो रकम लिएर छोडदिएपछि डिल्लीमायाको दुःखको पहाड भत्काउने कठिन यात्राको सुरुवात भयो ।

डिल्लीमाया तामाङले भनिन–‘रुदारुदा आँखामा आँशु रित्तियो, कयौ रात अनिदै रह्यो, भोक प्यास केही पनि लागेन, एउटै मात्र अठोठ गरे, एकमुठी प्राण रहेसम्म छोरीको हत्यारा पक्राउ गर्न दबाब दिन्छु ।’ छोरी गुमाएसँगै गाउँबाट छ महिना विस्थापित हुदा मन धेरै रोएको स्मरण गर्दै उनले डीएसपी दासकै कारण जीवनमा छोरी गुमाएर पनि धेरै गुमाउने अवस्था सृजना भएको बताइन ।

मानवअधिकारवादीहरुसँग गुहार मागे । सरकारसँग हारगुहार गरे, साढे पाँच बर्षसम्म कुनै सुनुवाई भएन, उनले भनिन् । रामेछाप जिल्लामा आउने हरेक डीएसपीसँग छोरीको हत्यारा पक्राउ गरिदिन विन्ति गरे । सबैले हुन्छ हुन्छ भनेर टारे, तामाङले भनिन,‘मेरो लागि डीएसपी कुमोध ढुङगेले भगवान भएर आइदिए, प्रहरी भनेका सबै फटाहा हुँदा रहेनछन, गरिबलाई न्याय दिने पनि हुँदा रहेछन ।’

साढे पाँच बर्षदेखि न्यायको खोजीमा भौतारिएकी डिल्लीमायाले पनि यस पटक पनि सहज रुपमा छोरीको हत्यारा पक्राउ पर्ने आशा गरेकी थिइनन । उनले डीएसपी ढुङगेललाई भेटेर विन्ति गरिन–डीएसपी सा’ब के गरिबले यो देशमा न्याय पाउदैनन हो ?’ जवाफमा डीएसपी ढुङगेलले कुनै पनि हालतमा फरार अभियुक्त पक्राउ गर्ने बचन दिए ।

दुइ महिना पछी छोरीको हत्यारा खोज्न जानुपर्ने भयो भन्दै एक्कासी प्रहरीको फोन आयो । छोरीको हत्यारा पत्ता लगाउने आशा बुन्दै डिल्लीमाया काठमाडौं आइन । त्यसको अगाडि नै छोरीको हत्यामा संलग्न अभियुक्त श्याम राउतलाई पक्राउ गरिसकेको थियो ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा श्याम राउतलाई सार्वजनिक गरेपछि डिल्लीमायालाई सपनाझै लाग्यो । उनले खुसीको आँशु झारिन । प्रहरीले साढे पाँच बर्षपछि न्याय दिएकोमा भगवान नै सम्झिन धरधरी रोइन । छोरीको हत्यारा पक्राउ पर्दा संसार जितेकोजस्तो भयो, डिल्लीमायाले भनिन,‘छोरीको हत्यारा भगाउने तत्कालिन डीएसपी सञ्जिव शर्मा दासलाई कारवाही नभएको देख्दा मन अमिलो भयो ।’

छोरीको हत्यामा संलग्न अभियुक्त सार्वजनिक भएकै दिन डिल्लीमाया तामाङले डीएसपी दासलाई कुनै पनि हालतमा कारवाही गर्नुपर्ने माग गरिन । आँशु झादै डिल्लीमाया तामाङले भनेकी थिइन,‘डीएसपी दासकै कारण छोरीको हत्यारा उम्किन सफल भयो मैले सारा सम्पत्ति गुमाउनु पर्यो, दोषी डीएसपीमाथि कारवाही होस ।’

लगत्तै मध्य क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी प्रमुख गणेश केसीले डीएसपी दासमाथि पनि पुनः छानबिन हुने प्रतिबद्धता जनाएका थिए । तत्कालै डीआइजी केसीले छानबिन गरेर आफू मातहका सात जनालाई कारवाही प्रक्रिया अगाडि बढाए । बाकी डीएसपी दास सहितका ५ जनालाई कारवाही गर्न प्रहरी प्रधान कार्यालयमा सिफारिस गरे ।

यता हेडक्वार्टरले विभागीय कारवाही प्रक्रिया अगाडि बढाउनुको सट्टा दासलाई डीएसपीबाट एसपीमा बढुवा गर्न सिफारिस गर्यो । डीएसपीलाई कारवाही हुने आशामा बसेकी डिल्लीमायाले प्रहरीले पुनः पुरस्कृत गर्न लागेको खबर पाए लगत्तै आँशु थाप्न सकिनन ।

एक साता अघि विभागीय कारवाही गर्न सिफारिस भएका डीएसपी दासलाई तीन दिन अघि एसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । डीएसपी दासको बारेमा गृहमन्त्री जनार्दन शर्माले चासो लिदै तत्काल निलम्बन गर्न निर्देशन दिएपछि डिल्लीमाले यो देशमा गरिबले पनि न्याय पाउने रहेछन भन्ने आशा बटुलेकी छिन् ।

उनले भनिन, ‘साढे पाँच बर्षपछि छोरीको हत्यारा पत्ता लगाएर प्रहरीले मलाई न्याय दियो, अब डीएसपी शर्मालाई पनि कडा कारवाही गरेर हामीलाई न्याय दिनुहोस गृहमन्त्रीज्यु ।’

डीएसपी दासलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको निर्णय बदर गरेर निलम्बन गर्न दिर्नेशन दिएपछि तामाङले गृहमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएकी छिन् । उनले थपिन,‘गलत काम गर्नेले ढिलोचाढो सजाय भोग्नु पर्छ, यो देशमा अब गरिबले पनि न्याय पाउछन भन्ने आशा पलाएको छ, स्यावास गृहमन्त्रीज्यू ।’ रामेछाप न्युजबाट

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ukqYad
via IFTTT

0 comments:

Post a Comment

add

 
Top