Photo of Milford Sound in New Zealand

काठमाडौ : तपाई उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटन परराष्ट्र मन्त्रालयमा जाँदै हुनुहुन्छ भने एक जना साहसी कनिष्ट प्रहरी अधिकृत असई दुर्गा रानासँग तपाईको जम्काभेट हुन्छ । तपाईलाई उपप्रधान तथा परराष्ट्र मन्त्रीसँग भेटाउने वा नभेटाउने रानाकै तजविजी हुनेछ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री महराको च्याम्बरमा प्रवेश गर्ने ढोकामा तिनै दुर्गा राना भेटिनुहुन्छ ।रानालाई उपप्रधान तथा परराष्ट्रमन्त्री महराको सुरक्षाको जिम्मेवारी दिइएको छ ।

दाङमा पडकनै लागेको बम समातेर फाल्ने रानालाई गृहमन्त्री जनाद्र्धन शर्माको निर्देशनमा प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (असइ)मा बढुवा गरेको थियो ।
असार १४ गते भएको दोस्रो चरणको स्थानिय तहको निर्वाचनमा दाङ, तुल्सिपुर उप–महानगरपालिका वडा नं ३ स्थित आधारभुत विद्यालय प्रतापकोट अम्बास मतदान केन्द्रमा मतदान केन्द्रलाई लक्षित गरी फालेको बम तत्कालै टिपेर मतदान स्थल बाहिर फाल्दै हवल्दार रानाले जनधनको क्षति हुनबाट जोगाउनु भएको थियो ।

रानाको बहादुरीको प्रशंसा गर्दै गृहमन्त्री जनाद्र्धन शर्माले थप राम्रो काम गर्न हौसला दिनु भएको थियो । असार १४ गते मतदान कार्य सम्पन्न हुनासाथ गृहमन्त्री शर्माले हवल्दार रानालाई फोन गरेर बधाई दिनुभएको थियो । annapurnapost

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2umBE8u
via IFTTT

0 comments:

Post a Comment

add

 
Top