Photo of Milford Sound in New Zealand

असार ३० गतेबाट प्रर्दशनमा आई हालसम्म पनि हाउसफुल शो गरिरहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ ले दर्शकको माया अपार रुपमा पायो । बलिउड फिल्म ‘जग्गा जासुस’ र ‘सायद २’ लाई समेत हलबाट उतार्न सफल यो चलचित्रले दोस्रो हप्तामा प्रबेश पाउदा यसको कलेक्सन कति भयो होला भन्ने जिज्ञासा सर्बत्र छ ।दुई दिन मै एक करोड ८० लाख ग्रस कलेक्सन गरेको यस चलचित्रले हालसम्म मोफसलसहित ३ करोडको कलेक्सन गर्न सफल भएको वितरक गोपाल कायस्थ बताउछन् ।

हाल मोफसल दौडमा रहेको निर्माण युनिटमा ‘म यस्तो गीत गाउँछु’ को सफलताले उमंग नै भरिदिएको छ । यसको शो मल्टिप्लेक्स र सिंगल हलहरु हाउसफूल छन् । सुर्दशन थापाले निर्देशन गरेको यस चलचित्रमा पुजा शर्मा, पल शाह, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Source merofilmy

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vvYc70
via IFTTT

0 comments:

Post a Comment

add

 
Top