बजाज अटोकम्पनीले आफ्नो सबैभन्दा सस्तो र सानो कार ‘क्युट’ लन्च गरेको छ। करिब ५ लाख २७ हजार रुपैयाँ तोकिएको यो कार हाल इन्डोेनेसियाको बजारमा लन्च गरिएको हो।
क्युटको लम्बाइ २७५२, चौडाइ १३१२, उचाइ १६५२, र ह्वीलबेस १९२४ मिलिमिटर छ। क्युटको नाम पहिले आरइ ६० राखिएको थियो।
यसमा ०.२ लिटरको वाटरकूल्ड, डिजीटल ट्राइस्पार्क फोर भल्भ इन्जिन छ।अधिक शक्ति १३.२ पीएस र टर्क १९.६ एनएम उत्सर्जन गर्ने यो सानो कारको इन्जिनमा ५ स्पीडको गियरबक्स छ। क्लच नथिचि पनि यो कारको गियर परिवर्तन गर्न सकिनेछ। कम्पनीको दावी अनुसार क्युट १ लिटर इन्धनमा ३६ किलोमिटरसम्म चल्छ।
६ वटा रंगमा उपलब्ध गराइएको क्युट भारतमा बनेको पहिलो क्वाड्रिसाइकल कार हो। यो यूरोपियन क्वाड्रिसाइकलको मापदण्डमा आधारित भएको कम्पनीले दावी गरेको छ।
यो कारको मूल्य कम पर्नुमा यसमा कम फिचर हुनु हो। यसमा एसी, पावर स्टेरिङ, पावर वीन्डो, विद्युथतीय मिरर र अडियो सिस्टम जस्ता आधारभूत फिचर पनि उपलब्ध छैन। बजाज क्युट कम मूल्यमा कम फिचरका साथ उपलब्ध गराइएको कम्पनीले बताउँदै आएको छ।
सेतोपाटी बाट
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2uhNhjt
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.