Photo of Milford Sound in New Zealand

काठमाडौं,असार ३० – खोलाले बगाउदाँ राजधानीमा एक बालिकाको ज्यान गएको छ । तारकेश्वर नगरपालिका नेपालटारमा खोलाले बगाएर ११ वर्षीय विनिता फुयाँलको ज्यान गएको हो ।

शुक्रवार दिउँसो परेको भिषण वर्षापछि बाटोमा हिडिरहेको बालिका चिप्लेर ढलमा परेपछि ढलले बगाउदै खोलामा लगेको थियो ।

साँझ ५ बजे नेपालटार पुल नजिकैबाट बगाएको बालिकाको स्थानिय र प्रहरीको सहयोगमा शेषमति पुल नजिकै पुगेपछि उद्धार गरिएको बालाजु प्रहरीवृतले जनाएको छ । उद्धारकै क्रममा उक्त बालिकाको ज्यान गईसकेको प्रहरीले जनाएको छ ।

भारीवर्षासँगै सडक बिस्तार र अन्य बिभिन्न कारणले भत्काइएका राजधानीका अधिकांश भित्री सडकहरु जलमग्न हुने गरेका छन् । ढलहरु साँघुरा भएका कारण शहरका बिभिन्न भागमा डुबान हुने गरेका छन् । recentnepal

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sYKgR3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top