Photo of Milford Sound in New Zealand

काठमाडौं, ११ साउन । करिब साँढे २ बर्षको जेल बसाइपछि संजय दत्त बलिउडमा कमब्याक हुँदैछन् । उनको कमव्याक फिल्म हो ‘भुमी’ । फिल्मका निर्देशकले ‘भुमी’को फस्ट लुक समेत सार्वजनिक गरेका छन् ।

निर्देशक उमंग कुमारले सार्वजनिक भएको फस्ट लुक माथि टिप्पणी गर्दै भने, ‘यो पोस्टर दर्शकका लागि टिजर मात्र हो, पर्खनुहोस् र हेर्नुहोस् ।’ भूषण कुमार र संदीप सिंह यसका निर्माता हुन् । चलचित्रमा अदिती राव हैदरी संजय दत्तकी छोरीका रूपमा देखिएकी छन् ।

‘संजयले आफ्नो तर्फबाट कुनै कुरो बाँकी राखेका छैनन् । जस्तोसुकै परिस्थिति भएपनि समर्पित भएर काम गरेका छन् । हामीलाई आशा छ, दर्शकले संजयलाई नयाँ रूपमा देख्न पाउनेछन् । जुन अहिलेसम्म देखेका छैनन,’ भुषणकुमारले भनेका छन् । दर्शकलाई चलचित्रले निराश नपार्ने निर्माण पक्षको दाबी छ । चलचित्र २२ सेप्टेम्बरमा रिलिज हुँदैछ । एजेन्सी

http://ift.tt/2h1IDR2

from SHYANE http://ift.tt/2tB4As3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top