Photo of Milford Sound in New Zealand

निर्देशक निश्चल बस्नेतले आज आफ्नो फेसबुकमा स्टाटस लेख्दै आफुले ‘लुट २’ राम्रो बनाउन नसकेको कुरा स्वीकारेका हुन् । चलिचित्र ‘लुट’ मार्फत नेपाली सिने नगरीमा निर्देशकको रुपमा डेब्यु गरेका निश्चल बस्नेतले आफुले चलचित्र ‘लुट २’ राम्रो बनाउन नसकेको स्वीकार गरेका छन् । २०१२ मा प्रदर्शनमा आएको चलचित्र ‘लुट’ले नेपाली सिने उद्योगमा एउटा कोसेढुङ्गा सावित भएको थियो । मानिषहरुले ‘लुट’ भन्दा अघिको चलचित्र र ‘लुट’ पछिको चलचित्र भनेर तुलना गरिसकेका छन् । तर ‘लुट २’ मा दर्शकहरु जति आशा गरेर हलमा चलचित्र हेर्न गएका थिए त्यो अनुसारको चलचित्र नभएको गुनासो धेरै सुन्नमा आएको थियो ।

उनले फेसबुक स्टाटसमा लुट २ राम्रो बनाउन नसकेको स्वीकार गर्दै लेखे, ‘मैले लुट २ राम्रो बनाउन सकिन, गल्ति मेरो हो । पैसा कमायो तर धेरै दर्शकको मन बुझाउन सकिन । अब अर्को बनाउँदा सोच बिचार गरेर बनाउँछु । आफ्नो फिल्म आफै हेर्दा गर्वका साथ भन्न सकुः मैले बनाएको हो भनेर ।’साथै उनले नेपालमा कलाकारहरुको पारिश्रमिक बढ्नुलाई निकै सकारात्मक तवरले लिएका छन् भने कलाकारको पारिश्रमिकसँगै चलचित्रको स्क्रिप्ट किन्नको लागि पनि कञ्जुस्याँई गर्न नहुने बताएका छन् । हेरौ उनको लेखाई जस्ताको तस्तैःकलाकारको पारिश्रमिक बड्नु राम्रो हो । कलाकारलाई १० लाख दिन सक्ने निर्माताले स्कृप्टमा खै त लगानी गरेको अर्को १० लाख ? फिल्म १ करोडको बनाउन नहिच्किचाउने, स्कृप्ट मा ५० हजार लगाउन पसिना चुहाउने !

फिल्म हिट भए स्टार भनिदिने फ्लप भए कलाकारको टाउकोमा थोपरिदिने ?
धेरै निर्माताका अर्को पनि पेशा छन तर धेरै कलाकारको एउटामात्र पेशा कलाकलारिता हो । पारिश्रमिक दिए जतिनै कलाकारसंग समय पनि लिन नसक्नु निर्माण पक्षको कमजोरि हो । एउटा फिल्म चल्न स्कृप्ट लेखन देखि प्रोडक्सन, पोष्ट प्रोडक्सन, पब्लिसिटि, डिष्ट्रिब्युसन र एक्जिभिसन सम्मका सबैले जोर लाएर काम गर्नु पर्छ र दर्शकको साथ पाईन्छ भन्ने आश गर्न सकिन्छ । कतिवटा फिल्मले यस्तो साथ पाएका छन ? आफै बिचार गरौं ।आफ्नो कर्मथलो आफै राम्रो बनाउँदै जाने हो । आज हामिले लिएको बोल्ड निर्णयले र हामी सबैले गरेको हातेमालोले चलचित्र क्षेत्रको बिकास आउने पिढिले देख्ने हो । नयाले बिगारे भन्ने, पुरानाले बिगारे भन्नेः दोष देखाउने मात्र हैन आफुले के गर्दैछु चै हेरौं न । बिगारेको कसैले छैन, सबैले कोशिश गरिरहेका छन्… कोशिशको प्रकृया मात्र फरक छ ।

मैले लुट २ राम्रो बनाउन सकिन, गल्ति मेरो हो । पैसा कमायो तर धेरै दर्शकको मन बुझाउन सकिन । अब अर्को बनाउँदा सोच बिचार गरेर बनाउँछु । आफ्नो फिल्म आफै हेर्दा गर्वका साथ भन्न सकुस् मैले बनाएको हो भनेर ।
हाम्रो चलचित्र नगरि ध्वस्त छैन, भ्रम नफैलाउँ । सबैको कोसिस जारि छ… मेरो बिचारमा !!!मेरो बिचार कसैलाई चित्त नबुझे माफ पाउँ !

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tB4Kjd
via IFTTT

0 comments:

Post a Comment

add

 
Top