Photo of Milford Sound in New Zealand

काठमाडौं, साउन १० – आठौं कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक नतिजाअनुसार १२ हजार १ सय ८ जना उत्तिर्ण भएका छन् । कृषीतर्फ ७ हजार ५ सय ७८ र अाैद्योगिक क्षेत्रतर्फ ४ हजार ५ सय ३० जना उत्तिर्ण भएका हुन् ।

आउँदो वर्ष कोरियाले १० हजार २ सय नेपालीलाई रोजगारीका लागि लैजाने भए पनि समान अंक ल्याउने परीक्षार्थी धेरै भएका कारण मागभन्दा बढी उत्तिर्ण भएको इपिएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिनुभयो । मागभन्दा बढी उत्तिर्ण गराएका कारण १८ सय ९२ जना भने पास भए पनि कोरिया जान नपाउने भएका छन् ।

आगामी वर्षका लागि कृषि क्षेत्रमा ६ हजार २ सय र अाैद्योगिक क्षेत्रमा ४ हजार नेपालीको कोटा रहेको छ । निर्देशक खतिवडाका अनुसार उत्तिर्ण परीक्षार्थीले स्किल टेष्टबिनै कोरिया जान पाउने छन् । तर स्वास्थ्य परिक्षण, प्रहरी रिपोर्ट, जबएप्लिकेसन फारम भर्ने र अभिमुखीकरण तालिममा भने सहभागी हुनुपर्ने छ । यी प्रक्रियामा सफल भएर रोष्टममा परेका कामदार कोरियाको रोजाईका आधारमा कोरिया जान पाउने छन् । आउँदो फेब्रुअरीदेखि ४ समूहमा कोरिया लैजाने इपिएस शाखाले जनाएको छ ।

यसअघि असार दोश्रो हप्ता नै नतिजा प्रकाशन गर्ने तयारी गरिएको थियो । तर केही परीक्षार्थी परीक्षा दिन बञ्चित भएपछि नतिजा साउन ढिला भएको हो । ७५ हजार पाँच सय ८० जनाले आवेदन दिए पनि परीक्षामा भने झण्डै ६८ हजार जना सहभागी भएका थिए । इपिएस भाषा परीक्षा उत्तिर्ण गरेर कोरिया पुग्ने नेपालीको संख्या झण्डै ४७ हजार पुगेको छ ।

नतिजा इपिएस कोरिया शाखा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र कोरियाको मानव संसाधन विकास (एचआरडी) को वेवसाइटमा हेर्न सकिन्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tziQSc
via IFTTT

0 comments:

Post a Comment

add

 
Top