Photo of Milford Sound in New Zealand

काठमाडौं, १० साउन । काठमाडौंको बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत डिभिजन कार्यालयमा कुहिनामुनि दुवै हात नभएका एक युवा भेटिन्छन् । उनको नाम गणेश राई हो । २४ बर्षीय उनका दुवै हात जन्मँदै थिएनन् । जन्तेढुंगा गाउँपालिका–३, खोटाङका उनी कार्यालय प्रमुख वसन्तकुमार राईको पीए हुन् ।

दुवै हात नभएको बच्चा जन्मेको हल्ला भएपछि गाँउकै मानिसहरुले यस्तो बच्चा जन्मनु राम्रो नभएको, बाँचिहाले पनि यस्तो बच्चाले केही गर्न सक्दैन भन्दै फालिदिन उनको परिवारलाई सुझाए । तर, उनकी आमाको मन मानेन् र पालन पोषण गरिन् । उनी पढ्न थाले ।

२०६६ मा दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरेका उनले चिसापानी उच्च माध्यमिक विद्यालय चिसापानी खोटाङबाट १२ कक्षासम्मको अध्ययन सके । दिक्तेल बहुमुखी क्याम्पसमा स्नातक तह भर्ना भएका उनी बीचमै काठमाडौं आएका हुन् ।

दुवै हात नभएपनि उनी अफिसको काम कम्प्युटरमै गर्छन् । लेख्नै परे पनि औंलाविहीन हातले लेख्न सक्छन् । अफिसका सबै काम उनी सबै गर्न सक्छन् ।

उनी मेहनत र इच्छा शक्ति भए सफल भइने बताउँछन् । करारमा जागिर खाइरहेका उनी लोकसेवाको तयारीमा जुटेका छन् । नायव सुब्बा राईले आफ्नै कमाईबाट तीन भाइलाई काठमाडौंमा पढाइरहेका छन् । उनले भाइहरूलाई लोकसेवा तयारी गर्न लगाउने बताए । उनी खाना पकाउने, लुगा धुने, नुहाउने सबै काम आफै गर्छन् । उनको साहित्यमा पनि रुची छ ।

उनले खोटाङको दिक्तेलमा तीनमहिने आधारभूत र पछि एड्भान्स कम्प्युटर तालिम लिएका छन् । जुन तालिमले अहिले अफिसको काममा सघाएको छ ।

हेर्नुहोस् भिडियो :


भिडियो : दिनेश बोहरा/मिडिया एनपी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vFyuNp
via IFTTT

0 comments:

Post a Comment

add

 
Top