Photo of Milford Sound in New Zealand

बुझकी हुनुपर्छ
सबैभन्दा पहिला त मलाई बुझेको हुन जरुरी छ । समय, परिस्थिति बुझ्ने र त्यहीअनुसार चल्ने हुनुपर्छ । मान्छेको भावना बुझेर कुराकानी गर्ने बानी भएको, महिलाको इज्जत गर्न जान्ने हुनुपर्छ । महिलाको इज्जत गर्न सक्ने मान्छे असल हुन्छ अर्थात् अरू गुण पनि उसमा हुन्छ जस्तो लाग्छ । त्यसैले मैले कुनै पनि व्यक्तिले महिलासँग गरेको व्यवहार नियाल्ने गरेकी छु ।

रूप होइन, व्यवहार राम्रो हुनुपर्छ
मेरा लागि रूपले महत्व राख्दैन । रूपभन्दा महत्वपूर्ण उसको व्यवहार हो । रूप राम्रो भएर व्यवहार राम्रो भएन भने त्योभन्दा कुरूप के होला भन्ने लाग्छ । मलाई व्यावहारिक व्यक्ति मनपर्छ । कालो, गोरो, अग्लो, होचोजस्ता बाहिरी आवरणले मलाई प्रभाव पार्दैन ।

साधारण व्यक्ति मनपर्छ
मलाई एकदम साधारण व्यक्ति मनपर्छ । ‘डाउन टु अर्थ’ भएको मनपर्छ । कतिपय व्यक्ति अनावश्यक तडकभडक गर्ने, चाहिनेभन्दा बढी बोल्ने हुन्छन् । मलाई त्यस्ता व्यक्ति कत्ति पनि मन पर्दैन । आफू जस्तो छ त्यस्तै प्रस्तुत हुने, सही र गलत के हो भनेर बुझेर मात्र बोल्ने व्यक्ति असाध्यै मनपर्छ । साधारण र इमानदार व्यक्ति सधैँ मेरो रोजाइ हुन्छ ।

यही क्षेत्रको भन्ने छैन
मलाई यही क्षेत्रको राम्रा हुन्छन् भन्ने लाग्दैन । क्षेत्रको भन्दा पनि व्यक्तिको स्वभावमा भरपर्ने कुरा हो जस्तो लाग्छ । सबै क्षेत्रमा असल र खराब मान्छे छन् । त्यसैले मलाई क्षेत्रभन्दा पनि व्यवहार राम्रो भएको व्यक्ति मनपर्छ । क्षेत्रले मलाई फरक पार्दैन । र, यही क्षेत्रको होस् भन्ने पनि लाग्दैन ।

जातले फरक पार्दैन
मलाई जातले खासै फरक पार्दैन । यही जातको राम्रो हुन्छ भन्ने हुँदैन । मेरा लागि मन मिल्नु महत्वपूर्ण हो । हुन त कतिपय अवस्थामा पारिवारिक रोजाइले पनि फरक पार्न सक्छ । तर, मेरो परिवारमा त्यस्तो अप्ठ्यारो हुँदैन । मेरो खुसी नै परिवारको खुसी हो भन्ने छ ।

चुरोट पिउने मन पर्दैन
मलाई चुरोट पिउने केटा मन पर्दैन । वाइन भने कहिलेकाहीँ चाडपर्वमा रमाइलोका लागि पिएको ठिकै लाग्छ । तर, चुरोट पिएको मनै पर्दैन । यो केका लागि पिउने होला भन्छु । स्वास्थ्यलाई पनि त्यत्तिकै नकारात्मक असर पार्छ । म त सकेसम्म कसैले पिउनुहुँदैन भन्ने सल्लाह दिन्छु । नयाँ पत्रिकाले छापेको छ ।

मलाई मनपर्ने रोजिसकेँ अर्को वर्ष विवाह गर्छु
मैले मलाई मनपर्ने व्यक्ति रोजिसकेकी छु । हुन त विवाह भन्ने कुरा रोजेको होइन, जुरेको हुन्छ भनिन्छ । मेरो भने रोजेको पनि र जुरिसकेको पनि छ । मलाई मनपर्ने व्यवहार भएको व्यक्ति भेटिसकेकी छु । आगामी वर्ष अर्थात् ०७५ सालमा विवाह गर्ने योजनामा छौँ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uVTph9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top