Photo of Milford Sound in New Zealand

श्रावण ६, २०७४- नेपाल र चीनको सिमाना टिप्ताला भञ्ज्याङवाट सुरु भएको मोटरबाटो शुक्रबार ओलाङचुङगोलामो आइपुगेको छ । ओलाङचुङगोला सिमा प्रहरी चौकी छेउसम्म मोटरवाटोको ट्रयाक खोलिएकोछ । त्यहाँसम्म दुइवटा स्काभेटर, एउटा लोडर र तेल बोक्ने ट्यांकर आइपुगेका छन् । निर्माण सुरु भएको सात महिना नपुग्दै चिनियाँ ड्राइभरले नेपाली पहाड छिचोलेर ओलाङचुङगोलाको वस्तीसम्मै सडक पुर्याएका हुन् ।

२१ किलोमिटर लामो यो बस्तीको सडक निर्माणको दुइ तिहाई बढी लगानी यही जन्मेर बाहिर बस्दै आएकाहरुले गरेका छन् । ३ करोडको हाराहारीमा खर्च भएको सडकका लागि २ करोड ५० लाख वालुङ समाजले संकलन गरेको हो । गाविस, सांसद विकास कोषको ५३ लाख खर्च भएको उपभोक्ता समिति अध्यक्ष छेतेन वालुङले वताए । यसअघि उत्तर दक्षिण लोकमार्ग आयोजनाले ८ लाख रुपैंयाँ खर्चिएको छ । sunaulonepal

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vIvrmQ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top