Photo of Milford Sound in New Zealand

एजेन्सी। भारतको तमिलनाडुकी एक महिलाले आफ्ना पतिको गुप्तांग काटेर पर्समा राखेर माइत हिँडेको विचित्र घटना सार्वजनिक भएको छ । तामिलनाडुको भेल्लोरकी सारासू नामकी महिलाले आफ्ना पतिको लिंग काटेर माइती हिँडेकी हुन् ।

पीडित जगदीशन र सारासूको १४ वर्ष पहिले बिहे भएको प्रहरी अनुसन्धानमा थाहा भएको छ । बिहेपछि उनीहरुका चार सन्तान छन् । एक वर्षअघि पति पत्नीबीच झगडा परेपछि सारासू माइती गएर बसेकी थिइन् । उनीहरुका चारैजना सन्तान भने पिता जगदीशनसँगै बसेका थिए ।

अहिले छोराको जन्मदिन मनाउन छोराले बोलाएकै कारण सारासू पतिको घर आएकी थिइन् । यस क्रममा ती दुईबीच पुनः झगडा भयो । जगदीशनले सारासू नभएको बेलामा अर्की महिला ल्याएर राख्ने गरेको थाहा भएपछि सारासूले झगडा गरेकी थिइन् । यही कुरामा उनीहरुबीच आधा रातभन्दा बढीसम्म झगडा भएको थियो ।

राती ३ बजेतिर पति निदाएपछि पत्नी सारासूले किचनमा गएर चक्कु ल्याइ पति जगदीशनको गुप्तांग काटेकी हुन् । उनले त्यो गुप्तांग पर्समा राखेर सँगै लिएर माइती हिडेकी थिइन् । राती जगदीशनको आवाज सुनेर घर पुगेका छिमेकीले उनलाई अस्पताल पु¥याएका छन् । सूचना पाउनेबित्तिकै घटनास्थल पुगेको प्रहरीले सारासूलाई माइती नपुग्दै गिरफ्तार गरेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uUokeH
via IFTTT

0 comments:

Post a Comment

add

 
Top