Photo of Milford Sound in New Zealand

असार १९ मा आफ्नै बाबु, ठूलो बाबु, दाजुबाट निर्घात कुटाई खाएकी किशोरीले आफन्तलाई कारवाही नगर्न अनुरोध गरेकी छिन । ‘मैले गरेको गल्तीको कारण मेरो आफन्तबाट मैले कुटाई खाए यसमा मेरो आफन्तको कुनै दोष छैन ।’ शुक्रबार समाचार संकलनको लागी उनको गाउँ पुगेका संचारकर्मीसँग उनले गरेको अनुरोध हो यो ।

निर्घात कुटाई खाएकी रुपन्देही सम्मरीमाई गाउँपालिका–६ डिहुलीकी १८ बर्षीय मीना यादवले आफुलाई कतै चोट नलागेको र घरमा पनि बाबु आमाले राम्ररी बस्न दिएको बताईन् । उनी अहिले भविष्यमा हुन सक्ने दबावबारे पहिले नै सचेत छिन । सबै कुरा मिलि सकेको हँुदा अब यो घटनालाई यहि रोक्न समेत उनले आग्रह गरिन् ।

प्रेम गरेकै नाममा रुपन्देहीमा एक युवतीमाथि निर्घात कुटपिट भएको छ । रुपन्देहीको सम्मरीमार्य गाउँपालिका ६ डिहुलीकी युवतीमाथि निर्घात कुटपिट भएको हो ।
मीना यादवले तल्लो जातको युवक दिनेश बोधसँग प्रेम गरेको भन्दै गाउँलेले निर्घात कुटपिट गरेका हुन् । गाउँलेले युवतीमाथि कुटपिट मात्र गरेका छैनन् केटालाई युवतीको विवाह बापतको १ लाख जरिवाना समेत तिराएका छन्।

घटना १५ दिन अगाडिको भए पनि स्थानीय युवाको मोबाइलमा खिचिएको भिडियो भने सामाजिक सञ्जालबाट ढिला मात्र सार्वजनिक भएको हो ।स्थानीय एक युवाले नाम नभन्ने सर्तमा दिएको जानकारी अनुसार मीना र दिनेश दुवै विवाहित हुन् । मीनाको बाल्यकालमै बिवाह भए पनि गौना हुन बाँकी थियो।
लामो समयदेखि दुईबीच प्रेम सम्बन्ध थियो। मीना भेट्न गएको मौकामा दिनेशलाई गाउँलेले नियन्त्रणमा लिएर कुटपिट गरेका हुन्। दिनेशमाथि कुटपिट हुँदा जोगाउन पुगेकी मीनामाथि गाउँलेले बर्बरतापूर्ण कुटपिट गरेका हुन् ।

भिडियो स्रोत: मनोज लामिछानेको फेसबुकबाट/टेक्स्ट अन्नपूर्णपोस्टबाट

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uMAFRf
via IFTTT

0 comments:

Post a Comment

add

 
Top