Photo of Milford Sound in New Zealand

काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ट्राफिक प्रहरी इन्चार्जहरुलाई उपत्यकामा हुने जामलार्इ हटाउन निर्देशन दिएका छन् । ‘जाम हुदाँ सर्वसाधारण धेरै समस्यामा परेका छन्, समय खेर गइरहेको छ,’ खनालले भने, ‘सहि ट्राफिक व्यवस्थापन नहुदाँ पनि धेरै जाम भएको मैले पाएको छु । लामो समय जाम नहुने गरी ट्राफिक व्यवस्थापन गर्नुस् भनेको छु ।’ ‘कहाँ कहाँ बढी जाम हुन्छ, किन भइरहेको छ, त्यो आजैबाट पत्ता लगाउन भनेको छु, जाम हटाउने काम आजैबाट सुरु भइसकेको छ, ’ खनालले हामी सँग भने, ‘धेरै जाम हुन नदिन सबै वल प्रयोग गर्नेछु ।
त्यस्तै खनालले पैसा असुल्ने ट्राफिक प्रहरीलाई कारबाही गरिने बताएका छन् । ‘कोही ट्राफिक प्रहरी लोभ लालचमा परे, छुटकारा दिइन्न’, उनले भने, ‘कारबाही हुन्छ ।’

प्रहरी संगठनको छवि उच्च राख्ने गरी काम गर्न उनले ट्राफिक प्रहरीहरुलाई निर्देशन समेत दिएका छन् । ट्राफिक प्रहरीको विफ्रिङपछि खनाल मंगलबार साँझ निरीक्षणमा निस्केका थिए । साथै उनी बुधबार पनि बानेश्रलगायतका ठाँउमा अनुगमनमा निस्किएका थिए ।

हालै एसएसपीबाट डिआईजी सिफारिश भएका खनाल काबिल प्रहरी अफिसर मानिन्छन् । यसअघि महानगरीय अपराध महाशाखामा रहँदा प्रभावकारी काम गरेर चर्चा कमाएका थिए ।काठमाण्डु टुडे

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uxECJ5
via IFTTT

0 comments:

Post a Comment

add

 
Top