Photo of Milford Sound in New Zealand

लोक गायक पशुपति शर्मा समसामयिक विषयवस्तुमा गीत लेख्ने र गाउने गायकमा पर्छन् । पशुपति नेपाली लोक गीत संगीतको क्षेत्रमा यस्तो उदाहरण बनेका छन् जसले जुन गीत छोयो त्यहि गीत हिट हुन्छ भन्ने छवि बनाएको छ । समसामयिक विषयमा गीत लेखेर त्यसलाई मीठो तरिकाले पस्किने खुबी उनमा छ । गायनमा सफल भएका उनको मोडलिङमा पनि माग भएका पछिल्लो समयमा आफूले गाएका प्राय गीतहरुमा आफै खेल्ने गरेका छन् ।

गीतको सर्जक र गायकलाई भन्दा गीतमा खेल्ने कलाकारलाई दर्शकले चिन्ने भएका कारण आफूले यो बाटो रोजेको पशुपति बताउँछन् । उनले खेलेका प्राय गीतहरु हिट मात्रै हैन सुपरहिट बनेका छन् । यहि कारण उनलाई अन्य केही कलाकारहरुले पनि म्युजिक भिडियोमा खेल्न आग्रह गर्ने गरेका छन् । तर पशुपति भने आफूले सबै गीतहरु आफूले नै अभिनय गर्दा सुहाउने तरिकाले लेख्ने भएका कारण अभिनयमा आ्फना गीतहरुलाई मात्र प्राथमिकता दिएको बताउँछन् ।

कुराकानीका क्रममा उनले हाँस्दै भने, ‘अर्को अर्थमा भन्ने हो भने मैले खर्च जोगाएको पनि हो । सहज, सरल, राम्रो आफै गरेपछि आनन्द ।’ पशुपति शर्माका गीतहरुलाई छायाँकार दुर्गा पौड्यालले छायांकन र निर्देशन गर्छन् । पशुपतिले पनि दुर्गासँग मिलेर म्युजिक भिडियो निर्देशन गर्ने गरेको बताए ।

त्यस्तै पशुपति शर्मालाई आफ्नै परिवारको बारेमा धेरैे गीत बनायो भन्ने आरोप पनि लाग्ने गरेको छ । पारिवारिक विषयवस्तुलाई गीतमार्फत प्रस्तुत गर्ने भएका कारण उनलाई पारिवारिक गायकका रुपमा पनि धेरैले चिन्ने गरेका छन् । फर्सीनेटवर्कको कार्यक्रम ‘द बेवी शो’मा प्रस्तोता सुन्दर खनालसँग यस विषयमा कुराकानी गर्दै पशुपति शर्माले भनेका छन्, ‘हाम्रो पूरै नेपालको परिवेश र सामाजिक मुल्य मान्यताहरु, परम्पराहरु सबै उस्तै भएका कारण मैले गाएका गीतहरु सबैलाई मिलेका हुन् । मैलै सबेको कुरालाई गीतमा समेटेको हुँ ।’


source:gufgaf.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vJtGq3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top