Photo of Milford Sound in New Zealand

उपमेयरमा निर्वाचित भएकी सृष्टि भन्छिन्, ‘मूल दायित्व संवैधानिक काम भएपनि विकासको खाका कोरेर त्यसलाई कार्यान्वयनमा लाग्ने योजना हो। त्यसमा मेयरको मुख्य भूमिका रहनेछ। मेरो साथ।’ प्राविधिक क्षेत्रकी विद्यार्थी भएकाले पनि सृष्टिसँग अठोट मात्र होइन्, ज्ञान र सीप छ। जुन व्यवहारिक रुपमा उतार्न चाहान्छिन्।

कोल्टी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए। उनी भने ४ वर्षकी थिइन्। बुवाको जितको स्मरण भने रहेन सृष्टि (२४) लाई।

तर, २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा भने सृष्टि कोल्टी क्षेत्रको बुढीनन्दा नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन्। नेपाली कांग्रेसकी रीता सिंहलाई हराउदै उनी उपमेयरमा निर्वाचित हुँदा २० वर्षअघि आफ्ना बुवाले देखेका सपना सम्झिएकी छन्।

बुवा निर्वाचित हुँदा उनी बाल्यकालमा थिइन्। सृष्टिलाई बुवा निर्वाचित हुँदाको पल थाहा नभए पनि आफू किशोराअवस्थामा ताराचन्द्रले अघि सारेका योजना भने अझै मनमस्तिष्कमा ताजा छन्।

कोल्टी क्षेत्रका बासिन्दालाई नुन–चामलको सहज आपूर्ति र सबै गाउँमा सहज घोडेटो पुर्याउने योजना थियो, ताराचन्द्रको। जुन सपना परिमार्जनसहित पूरा गर्न ध्ययका साथ सृष्टिले स्थानीय सरकारको नेतृत्व सम्हालेकी छन्। ‘अहिले नुनको समस्या त छैन। तर पूर्वाधार विकासको मूख्य टटकारो छ,’ उनले भनिन्, ‘समाजको विकास गर्नुछ।’

सृष्टि प्राविधिक विषयकी विद्यार्थी हुन्। उनी निर्वाचित पद भने संवैधानिक हो। संविधानले ‘गाउँ तथा नगरपालिकाका उपप्रमुखलाई अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न तीन सदस्यीय न्यायिक समितिको संयोजक’ बनाएको छ। उनको मुख्य जिम्मेवारी पनि न्यायीय क्षेत्रकै रहनेछ।

तर, उनको योजना भने साँघुरो छैन। कृषिलाई व्यावसायिक बनाउने, गुणस्तरीय र प्राविधिक शिक्षालाई प्राथमिकता दिने, गाउँमै रोजगारीको सिर्जना गरेर युवालाई गाउँमै सिर्जनशील काममा लगाउने र सडक सञ्जाल विस्तारका मुख्य योजना छन्, सृष्टिसँगै। जुन उनका सामु चुनौती समेत हुन्।

‘पढेलेखेका युवालाई देशमा अवसर छैन। गाउँमा त झन कहाँबाट हुनु?’ सहरबजार र गाउँघरमा प्रायः युवाले यसैगरी भन्छन्। पढेलेखे पछि राम्रो जागिर खानुपर्छ भन्ने प्रायःको सोच रहेको छ। र, दैनिक राजधानीको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेको लाम उत्तिकै हुन्छ।

सृष्टि भने पोखरा युनिभर्सिटी सेन्टर कलेजबाट ब्याचलर इन इन्जिनियरिङ सकेर गाउँ फर्किन, बाजुरा। ३ महिना जिल्ला प्राविधिक कार्यालय बाजुरामामा करारमा जागिर खाएकी सृष्टिले त्यसलाई पनि त्यतिकै छोडिन र ‘समाज विकास र बुवाको सपना’ पूरा गर्ने भन्दै खुला राजनीतिमा आइन्। नगरपालिकाको उपमेयरमा चुनाव लडिन्। बुढीनन्दामा एमालेबाट मेयरका उम्मेदवारले पराजय भोगेपनि सृष्टिले पनि कांग्रेस उम्मेदवारलाई हराएर बाजी मारिन।

आफू जागिर खानकै लागि नभइ आफ्नो जिल्लाका लागि केही गर्छु भनेर गृहजिल्ला फर्किएको बताउने सृष्टिको नयाँ इनिङ स्थानीय निर्वाचनले गर्यो।

एमालेको भातृ संगठन अनेरास्ववियुकी नेतृ समेत रहेकी सृष्टिलाई स्थानीय निर्वाचन ‘पूर्वाधार विकाससँगै नगरमा आर्थिक समृद्धि’ लाई प्राथमिकता दिने र ‘बुवाको सपना पूरा’ गर्ने अवसर बन्यो। र, त्यो अवसरलाई गुमाउन चाहिनन्, उनले।

‘बाजुरामा राजनीति गर्छु भनेर आएको होइन्। विकास सूचांकमा ७५औं नम्बरमा रहेको गृहजिल्लामा केही गनुृपर्छ भनेर थुप्रै अवसरलाई तिलान्जली दिँदै आएकी थिएँ,’ सृष्टिले भनिन्, ‘तर बुवाका सपना र मेरा योजना स्थानीय सरकारबाट पूरा हुने ठानेपछि यता लागेकी हुँ।’

जसका लागि सृष्टिले राजनीतिक क्षेत्रलाई अंगालिन।
सृष्टिको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक क्षेत्रको हो। सृष्टिका बुवा ताराचन्द्र तत्कालीन कोल्टी गाविसका अध्यक्ष थिए। तर, ‘सशस्त्र द्वन्द्व’ ताका २०६० उनका बुबालाई तत्कालीन विद्रोही ‘माओवादी’ले अपहरणगरेर मारे। शान्ति प्रक्रिया सुरु भएपछि ताराचन्द्रको खप्पर उत्खनन् गरेर ल्याइएको थियो। जुन खप्पर अहिले पनि एमाले जिल्ला पार्टी कार्यालयमा राखिएको जनाइएको छ ।
उनका काका बलदेव रेग्मी पनि राजनीतिमै छन्। अहिले उनी एमाले बाजुराका सचिव हुन्।

सृष्टिका बुवा ताराचन्द्र स्वास्थ्यकर्मीको जागिर छोडेर चुनाव लडेका थिए, २०५४ मा। समाजमा केही गर्नुपर्छ भन्ने उनको सपना थिए। तर, जुन पूरा हुन पाएन। सशस्त्र द्वन्द्वसँगै प्राण त्याग गर्नुपर्यो।

२०६० मा ताराचन्द्र मारिएपछि उनको परिवार नेपालञ्ज विस्थापित भएको थियो। तर, मुलुक शान्ति प्रक्रियामा आएपछि परिवार पुनस्र्थापित भयो।

नेपालञ्जमा माध्यमिक शिक्षा पढेकी सृष्टिले भने काठमाडौंमा प्लसटू गरिन। र, पोखराम इन्जिनियरिङ। इन्जिनियरिङ गरेर गाउँ फर्किएकी सृष्टि भने आफ्ना बुवाझै जागिर छोडेर ‘समाज निर्माण’ को अठोका साथ लागेकी छन्।

उपमेयरमा निर्वाचित भएकी सृष्टि भन्छिन्, ‘मूल दायित्व संवैधानिक काम भएपनि विकासको खाका कोरेर त्यसलाई कार्यान्वयनमा लाग्ने योजना हो। त्यसमा मेयरको मुख्य भूमिका रहनेछ। मेरो साथ।’ प्राविधिक क्षेत्रकी विद्यार्थी भएकाले पनि सृष्टिसँग अठोट मात्र होइन्, ज्ञान र सीप छ। जुन व्यवहारिक रुपमा उतार्न चाहान्छिन्।

महिला सशक्तिकरण, छाउपडी प्रथाको अन्त्य, बालविवाहविरुद्धका अभियानलाई पनि प्राथमिकता दिने उनले सुनाइन्। dainikheadlines

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sKQgw1
via IFTTT

0 comments:

Post a Comment

add

 
Top