Photo of Milford Sound in New Zealand

काठमाडौं – समारोहमा फूल सजाइएको थियो, सहनाइको धुन निस्किरहेको थियो । कलाकारहरू तबला ठोकिरहेका थिए । पार्टीमा ब्यान्ड बाजासहित नर्तकीहरूको उपस्थिति थियो । यो थियो, अभिनेत्री अनुष्का शर्माको इन्गेजमेन्ट पार्टीको माहोल । मुम्बईमा धुमधामसाथ अनुष्काले इन्गेजमेन्ट पार्टी आयोजना गरिन् ।

कार्यक्रम सुरु भएपछि अनुष्का स्टेजमा जान्छिन् र सबैलाई सम्बोधन गर्दै भन्छिन्, ‘हेलो, आज मेरो इन्गेजमेन्ट हो, अब म औँठी परिवर्तन गर्न गइरहेकी छु ।’ यो कुरा सुनेर सबै अचम्ममा पर्छन् । नयाँ पत्रिकाले छापेको छ ।

तर, फिल्मको ट्रेलर लन्च गर्नका लागि यो केबल नाटक थियो । हो, यो इन्गेजमेन्ट पार्टी अनुष्काको बिहेको थिएन । यो सबै नाटक फिल्म ‘जब ह्यारी मेट सेजल’को ट्रेलर लन्चका लागि गरिएको थियो । यस क्रममा फिल्मको एक सिन देखाइएको थियो । खबरअनुसार फिल्ममा एउटा सिन छ, जसमा सेजल अर्थात् अनुष्काले आफ्नो बिहेको औँठी लगाएकी हुन्छिन् र ह्यारी अर्थात् शाहरुखले औँठी लगाउन मद्दत गर्छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2eJBTGI
via IFTTT

0 comments:

Post a Comment

add

 
Top