Photo of Milford Sound in New Zealand

धर्म ग्रन्थहरुमा भगवान शिवलाई महाकाल पनि भन्ने गरिएको छ । महाकालको अर्थ हो काल मतलव मृत्यु पनि जसको अधिन हुन्छ । भगवान शिव जन्म , मृत्युबाट मुक्त हुनुहुन्छ । थुप्रै धर्म ग्रन्थमा भगवान शिव शंकरलाई अनादि एवंम अजन्मा भन्ने गरिएको छ । भगवान शंकरसंग सम्बन्धित थुप्रै धर्मग्रंथ प्रचलित छन । तर शिवपुराण तिनिहरु मध्ये सबैभन्दा धेरै प्रामाणिक मानिन्छ । यो ग्रन्ंथमा भगवान शिवसंग सम्बन्धित थुप्रैे रहस्यमयी कुराहरु उल्लेख गरिएको छ । यसबाहेक यो ग्रन्थमा धेरै कुराहरु लेखिएको छ जसको बारेमा हामीलाई थाहा छैन ।

शिवपुराणमा भगवान शिवले माता पार्वतीको मृत्युको सम्बन्धमा केहि विशेष संकेत बताउनुभएको छ । यि संकेतलाई बुझेर यो थाहा पाउन सकिन्छ कि कुनै पनि मानिसको मृत्यू कति समयमा हुन सक्छ । यो समय भगवान शिवको सबै भन्दा प्यारो महिना श्रावण महिना चलिरहेको छ । यहि मौकामा हामी तपाईहरुलाई बताईरहेका छांै कि शिवपुराणमा मृत्यूको बारेमा के के संकेतहरु उल्लेख गरिएका छन ।

शिवपुराण अनुसार जुन मानिसलाई ग्रहको दर्शन त हुन्छ तर दिशाबारे ज्ञान हुदैन , मनमा चिन्ता भैरहन्छ मन शान्त हुदैन त्यस्तो मानिसको मृत्यू ६ महिना भित्र हुन्छ ।

शिवपुराणमा भगवान शिवले बताउनु भएको छ , कि जुन मानिसको टाउकोमा गिद्ध, कौवा अथवा परेवा बस्छ , त्यो मानिसको एक महीना भित्र मृत्यू हुन्छ । शिवपुराणमा उल्लेख गरिएको छ, यदि अचानक कुनै मानिसको शरीर सेतो वा पहेलो देखियो र उसको शरीरमा रातो निशान देखिएमा हामीले बुझनु पर्छ कि त्यो मानिसको मृत्यू ६ महिना भित्र हुन्छ । जुन मानिसको मुख , कान , आखा , र जिब्रो राम्ररी काम गरेन भने, शिवपुराण अनुसार उसको मृत्यु ६ महीना भित्र हुन्छ ।

जुन मानिसलाई चन्द्रमा वा सूर्यको किनारमा रहेका चम्किला घेराहरु कालो वा रातो देखिएमा त्यो मानिसको मृत्यू १५ दिन भित्र हुन्छ । अरून्धती तारा वा चंन्द्रमा जुन मानिसलाई नदेखिएमा अथवा जुन मानिसलाई अरु ताराहरु पनि राम्ररी नदेखिएमा त्यो मानिसको मृत्यू एक महीना भित्र हुन्छ ।

त्रिदोष ( वात, पित्त, कफ) मा जसलाई रुघा लाग्छ , उसको जीवन १५ दिन भन्दा धेरै चल्दैन । यदि कुनै व्यक्तिको मुख र कण्ठ घरिघरि सुख्खा हुन थालेमा बुझन पर्छ कि त्यो मानिसको ६ महिना भित्र आयु समाप्त हुन्छ ।

जब कुनै व्यक्तिलाई पानी, तेल, घ्यू वा शिशामा आफनो छाया नदेखिएमा , हामीले बुझनु पर्छ कि उसको आयू ६ महिना भन्दा धेरै छैन भनेर । जब कुनै मानिस आफनो छाया सिररहित देख्यो अथवा आफनो छायारहित पायो भने यस्तो मानिस एक महिना पनि जिवित रहन्न ।
यो पनि पढ्नुहोस् – सफल जीबन को लागि १० सुत्र हरु जसबाट तपाई उत्कृष्ट हुनु हुनेछ

जब कुनै मानिसको बाया हात एक हप्तासम्म लगातार फर्कियो भने उसको जिवन एक महिना मात्र बाकी रहन्छ भन्ने बुझनु पर्छ । जब शरीरको सबै अगंमा आलस्य आउन थाल्छ र तालु सुख्खा हुन थाल्छ भने त्यस्तो मानिस केवल १ महिना मात्र बाच्ने गर्छ ।

जुन मानिसलाई ध्रुव तारा अथवा सूर्यमण्डल राम्ररी नदेखिएमा । रातको समयमा इन्द्रधनुष र दिउसो उल्कापात भैरहेको देखिएमा एवंम गिद्ध र कौवाले घर घरेमा त्यो मानिसको आयू ६ महिना भन्दा धेरै हुदैन । यस्तो शिवपुराणमा बताईएको छ ।

जुन मानिस अचानक सूर्य र चन्द्रमालाई राहूले घेरेको देखेमा , वा चन्द्रमा र सूर्य कालो देखिन थालेमा ,सबै दिशा घुमिरहेको जस्तो देखिएमा , त्यो व्यक्तिको मृत्यु ६ महीना भित्रै हुन्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uDjphM
via IFTTT

0 comments:

Post a Comment

add

 
Top