Photo of Milford Sound in New Zealand

मुम्बइ। आइतबार अर्थात १६ जुलाइका दिन बलिउड अभिनेत्री कट्रिना कैफ ३४ वर्षकी हुँदैछिन् । हालै उनको फिल्म जग्गा जासुस रिलिज भएको छ जसका उनी रणविर कपुरको अपोजिट देखिएकी छिन् । रिपोर्टलाई मान्ने हो भने कट्रिनाले एउटा फिल्मको ६ देखि ७ करोड भारु पारिश्रमिक लिन्छिन् । तर रोचक कुरा कट्रिनाको भारतमा आफ्नो घर छैन र भाडाको घरमा बस्छिन् ।

सन् २००३ देखि बलिउडमा सक्रिय कट्रिनाको वार्षिक कमाइ ६४ करोड भारु भएको बताइएको छ । सुरुवाती दिनमा कट्रिना बान्द्राको गुलदेव सागरमा बस्थिन् । २०१४ मा उनी रणविर कपुरसँग कार्टररोडको सिल्भर सेण्ड अपार्टमेण्टमा सरिन् । पछि रणविरसँग ब्रेकअपपछि उनी बान्द्राको माउण्ट मेरी चर्चनजिकैको अपार्टमेण्टमा सरेकी छिन् । उनी आफू भारतीय नभएका कारण भारतमा घर किन्न रुची नदेखाएको बताइन्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uqbvaZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top